२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन गर्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसले आज वडाहरुमा विरोध प्रदर्शन गर्दैछ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेपछि आन्दोलनरत काँग्रेसले आज देशभरका ६ हजार ७४३ वडाहरूबाट विरोध प्रदर्शन गर्न लागेको हो । प्रदर्शनको नेतृत्व गर्न नेताहरू विभिन्न जिल्लामा पुगेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले यसअघि विघटनको विरोधस्वरुप गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकामा प्रदर्शन गरिसकेको कांग्रेसले विरोधका कार्यक्रमलाई वडा स्तरमा केन्द्रित गरेको छ ।

विरोध प्रदर्शनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले सबैमा अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ८ : ४९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले