१५ असार २०८३, सोमबार | June 30, 2026

आफ्नो लडाईं लोकतन्त्र र संविधान रक्षाका लागि : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो लडाईं संविधान र लोकतन्त्र रक्षाका लागि भएको दाबी गरेका छन् ।

बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आफु निटक पत्रकारहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र जोगाउन राजनीतिक लडाईं लडिरहेको बताएका हुन् ।

कतिपय तत्वले लोकतान्त्रिक प्रणालीलाई कुबाटोमा लैजान प्रयास गरेको आरोप लगाउँदै त्यस्ता तत्वहरु पराजित हुने दाबी गरे ।

ओलीले ‘हामी एउटा शान्तिपूर्ण, वैधानिक, लोकतान्त्रिक विधि र बाटोबाट राष्ट्रियता, लोकतन्त्र, जनजीविका, सामाजिक न्याय र समतानतका पक्षमा, सामाजिक न्याया र समानतका पक्षमा हामीले लडेर ल्याएको संविधानको रक्षा गर्नु आफुहरुको दायित्व भएको बताए ।

ओलीले राष्ट्रवाद तमासा नभएको बताए । स्वाभिमानको पक्षमा बोल्नु मात्रै राष्ट्रवाद भएको बताए । नक्कली कुरा गरेर देशभक्ति नहुने उनले जिकिर गरे ।

आफूले सुशासन र समृद्धिको अभियान चलाउँदा प्रचण्ड–माधव नेपाललाई नपचेको पनि उनले बताए ।

ओलीले सामाजिक न्याय, अधिकार, हिंसाको विरोधमा कुरा गर्न र लेख्न पत्रकारहरुलाई सुझाव दिए । आफुनो जीवनमा उदाहरणीय बनेर देखाउन उनले आग्रह गरे ।

 

निसन्तान हुनुमा हिनताबोध छैन

ओलीले सामाजिक न्याय, अधिकार, हिंसाको विरोधमा कुरा गर्न र लेख्न पत्रकारहरुलाई सुझाव दिए । आफुनो जीवनमा उदाहरणीय बनेर देखाउन उनले आग्रह गरे ।

ओलीले आफुले देशभरका जनताका छोराछोरीलाई आफ्नो सन्तान मानेको बताए । निसन्तान हुनुमा कुनै हिनताबोध नभएको बताउँदै उनले छोरी बुहारी, ज्वाईंहरुलाई अवसर दिएर आफ्नै आह्वानमा जीवन दिने योद्धाका छोराछोरीलाई बिजोग बनाउनेहरुलाई आफुलाई आरोपित गर्नेगरेको जनाए ।

ओलीले भने, ‘केपीका छोराछोरी छैनन्, मेरा त छोरी छन् ज्वाइँ छन् हेर्नै पर्‍यो । छोरीलाई मेयर बनाउनै पर्‍यो, मतले नपुगे मतपत्र च्यात्नै पर्‍यो । ज्वाइँलाई घरघडेरी किन्दिनै पर्‍यो । मेरा त सन्तान छन् दिन्छु भनेछन् एकजनाले । गज्जब बहादुर हो । सुसुरो होस् त्यस्तो होस् ।’

पुष्पकमल दाहाल प्रचण्डले आफु निसन्तान नहुनुमा आफ्नो कुनै दोष नभएको भन्दै आफ्ना छोराछोरी बुहारीहरु संघर्ष र युद्धमा खारिएर आएको बताएका थिए । ओलीले प्रचण्डको यही अभिव्यक्तिमाथि टिप्पणी गरेका हुन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ३ : १६ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै