८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोरोना भ्याक्सिन उत्पादन गर्ने सिरम इन्स्टिट्युट अफ इन्डियाको पुना प्लान्टमा आगलागी



कोरोना भाइरसको खोप उत्पादन गरिरहेको भारतको सिरम इन्स्टिट्युट अफ इन्डियाको पुनास्थित प्लान्टमा आगलागी भएको छ ।

प्लान्टको टर्मिनल १ मा आगो लागेको हो । इन्स्टिट्युटका अधिकारीहरुका अनुसार चौंथो र पाँचौं तलामा आगो लागेको हो । आगलागी नियन्त्रणमा लिन कैयौं दमकलले प्रयास गरेका छन् ।

सिरम इन्स्टिट्युट अफ इन्डिया अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकसित कोरोना भ्याक्सिनको भारतीय भर्सन कोभिसिल्ड उत्पादन गरिरहेको छ ।

यो कम्पनी विश्वमै सबैभन्दा धेरै भ्याक्सिन उत्पादन गर्ने कम्पनी हो ।

भारतले बिहीबार मात्रै नेपाललाई अनुदान दिएको १० लाख डोज कोरोना भ्याक्सिन पनि यही कम्पनीमा उत्पादित भ्याक्सिन हो ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ५ : १२ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन