१० चैत्र २०८२, मंगलबार | March 24, 2026

ओलीले कम्युनिष्ट चरित्र गुमाए, माफीको समेत लायक छैनन् : नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली हिटलरी नाजीवादमा हिँडेको आरोप लगाएका छन् ।

काठमाडौं आयोजित विरोध प्रदर्शनपछिको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीमा कम्युनिष्ट चरित्र समाप्त भएर हिटलरी नाजवादी चरित्र हावी भएको बताए । नेपालले भने, ‘ओलीले पार्टी सिध्याउने मात्र काम गरे । जनताका समस्या वेवास्ता गरे । कम्युनिष्ट चरित्र गुमाए । अहिले हिटलरी नाजीवादको बाटोमा अघि बढेका छन् । ’

अध्यक्ष नेपालले ओलीले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक कु गरेको आरोप लगाउँदै उनको कु लाई असफल पारिने दाबी गरे ।

नेपालले केपी ओलीले अझै पनि गल्ती गरेको खण्डमा केही समय जेलमा राखेर भएपनि माफी दिन सक्ने बताए । ओलीले पार्टीले सोधेको स्पष्टीकरण नबुझाए उनलाई साधारण सदस्यबाट निस्काशित गर्ने चेतावनी दिए ।

उनले भने, ‘हामीले केपी ओलीलाई अध्यक्षबाट निष्कासन गर्‍यौं । अब अनुशासनको कारवाहीका लागि स्पष्टीकरण सोधेका छौं । उहाँले जवाफ दिनुभएको छैन । म भर्खरै कर्णालीबाट आउँदैछु । कतै जवाफ आइहाल्यो कि भन्ने पनि लाग्यो । प्रचण्ड, झलनाथ, नारायणकाजीहरुसँग कुराकानी गर्न पाएको छैन । स्पष्टीकरण नबुझाए साधारणसदस्यबाट निस्काशित गछौं ।’

नेपालले अब नेकपा फेरि ओलीसँग नझुक्ने पनि स्पष्ट गरे ।

सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले घुँडा नटेकेसम्म संघर्ष जारी रहने बताए । खनालले ओलीले प्रतिक्रान्तिको थालनी गरेको भन्दै खनालले उनको कदमलाई सफल हुन नदिइने पनि बताए । खनालले समेत ओलीमा कम्युनिष्ट चरित्र नरहेकै कारण पार्टीबाट निस्काशन गरिएको बताए ।

ओलीले प्रतिक्रान्तिको थालनी गरेको आरोप लगाउँदै खनालले उनको कदमलाई सफल हुन नदिइने दाबी गरे। उनले भने, ‘प्रतिनिधिसभा विघटन गरेर केपी ओलीले प्रतिक्रान्तिको थालनी गरेका छन् । देशलाई अस्थिरतामा लैजाने थालनी भएको छ । देशलाई अस्थिरतामा जानबाट बचाउनु पर्छ ।’

 

 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ३ : ३० बजे

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो