१२ श्रावण २०८१, शनिबार | July 27, 2024

महिला हिंसा र बलात्कारको विरोधमा प्रचण्ड-नेपाल नेकपा निकट महिलाहरुको प्रदर्शन



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारको विरुद्धमा विरोध प्रदर्शन गरेको छ ।

आइतबार अखिल नेपाल महिला संघले प्रतिगमन, महिला हत्या, हिंसा र बलात्कारको विरुद्ध बिरोध प्रदर्शन गरेको हो । शान्तिबाटिकामा जम्मा भएर महिलाहरुले नाराबाजी सहित बसन्तपुरसम्म विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनमा नेकपा नेतृहरु अष्टलक्ष्मी शाक्य, शशी श्रेष्ठ लगायतको उपस्थितिमा भएको विरोध प्रदर्शनमा महिला संघका नेता तथा कार्यकर्ताहरुको सहभागता रहेको थियो ।

प्रदर्शनमा महिला हिंसा बन्द गर, बलात्कारीलाई कडा भन्दा कडा कारबाहीको व्यवस्था गर, महिला अधिकार सुनिश्चित गर लगायतका नाराबाजी गरिएको थियो ।

यस्तै ‘प्रतिगमन मुर्दावाद’, ‘संविधानको रक्षा गरौँ’, ‘निर्मला पन्तको हत्यारालाई कारबाही गर’, ‘भ्रष्ट्राचारीलाई कारबाही गर’, ‘बढ्दो महंगी नियन्त्रण गर’ लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो ।

प्रदर्शनकारीहरुले सूर्य चिन्ह तथा हसियाँ हथौडा अंकित झण्डा समेत बोकेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ६ : ४५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान