२१ भदौ २०८३, आइतबार | September 6, 2026

नारायणहिटी अगाडि प्रतिगमनलाई जुत्ता प्रहार



काठमाडौं । प्रचण्ड नेपाल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले ‘प्रतिगमनलाई जुत्ता प्रहार’ गरेका छन् ।

अनेरास्ववियूका विद्यार्थीहरुले काठमाडौंमा नारायणहिटी दरबार संग्राहलय अगाडि प्रतिगमनलाई जुत्ता प्रहार कार्यक्रम गरेका हुन् ।प्रतिनिधिसभा विघटनको विरोधमा उनीहरुले प्रतिगमनको प्रतिक बनाएर त्यसलाई जुत्ता हानेका हुन् ।

अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले प्रतिगमन गर्ने सबै मान्छेहरु जनताले लगाइराखेका जुत्ता हान्न लायक छन् भनि साङ्केतिक रुपमा जुत्ता हान्ने कार्यक्रम गरेको बताए । ‘आज हामीले प्रतिगमनलाई संकेत मात्रै बनाएर जुत्ता प्रहार गरेका छौँ’, तामाङले भने, प्रतिगमन सच्चिएन र प्रतिगमनका मतियारहरुले यस्ता प्रकारका प्रहशन देखाउँदै जाने हो भने हामी प्रतिगमनका बास्तविक मतियारहरुलाई जुत्ता लगाउन पछि पर्दैनौँ ।’

त्यसक्रममा विद्यार्थीहरुले ‘प्रतिगमन मुर्दावाद’, ‘प्रतिगामी केपी ओली मुर्दावाद’, ‘असंवैधानिक कु खारेज गर’, ‘प्रतिगामीहरु होसियार’,  ‘प्रतिनिधिसभा पुनर्स्थापना गर’ भन्ने जस्ता नारा लगाएका थिए ।

प्रतिनिसभा विघटन गरेर सरकारले देशमा प्रतिगमन गरेको भन्दै प्रचण्ड नेपाल नेकपा पुष ५ गतेदेखि नै आन्दोलनमा रहेको छ । चौंथो चरणको आन्दोलनअन्तर्गत नेकपाले काठमाडौंको टुँडिखेलमा मानव साङ्गलो बनाएको थियो ।

प्रचण्ड नेपाल निकट अनेरास्ववियूले पनि विरोधका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ३ : ३४ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका