१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

नारायणहिटी अगाडि प्रतिगमनलाई जुत्ता प्रहार



काठमाडौं । प्रचण्ड नेपाल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले ‘प्रतिगमनलाई जुत्ता प्रहार’ गरेका छन् ।

अनेरास्ववियूका विद्यार्थीहरुले काठमाडौंमा नारायणहिटी दरबार संग्राहलय अगाडि प्रतिगमनलाई जुत्ता प्रहार कार्यक्रम गरेका हुन् ।प्रतिनिधिसभा विघटनको विरोधमा उनीहरुले प्रतिगमनको प्रतिक बनाएर त्यसलाई जुत्ता हानेका हुन् ।

अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले प्रतिगमन गर्ने सबै मान्छेहरु जनताले लगाइराखेका जुत्ता हान्न लायक छन् भनि साङ्केतिक रुपमा जुत्ता हान्ने कार्यक्रम गरेको बताए । ‘आज हामीले प्रतिगमनलाई संकेत मात्रै बनाएर जुत्ता प्रहार गरेका छौँ’, तामाङले भने, प्रतिगमन सच्चिएन र प्रतिगमनका मतियारहरुले यस्ता प्रकारका प्रहशन देखाउँदै जाने हो भने हामी प्रतिगमनका बास्तविक मतियारहरुलाई जुत्ता लगाउन पछि पर्दैनौँ ।’

त्यसक्रममा विद्यार्थीहरुले ‘प्रतिगमन मुर्दावाद’, ‘प्रतिगामी केपी ओली मुर्दावाद’, ‘असंवैधानिक कु खारेज गर’, ‘प्रतिगामीहरु होसियार’,  ‘प्रतिनिधिसभा पुनर्स्थापना गर’ भन्ने जस्ता नारा लगाएका थिए ।

प्रतिनिसभा विघटन गरेर सरकारले देशमा प्रतिगमन गरेको भन्दै प्रचण्ड नेपाल नेकपा पुष ५ गतेदेखि नै आन्दोलनमा रहेको छ । चौंथो चरणको आन्दोलनअन्तर्गत नेकपाले काठमाडौंको टुँडिखेलमा मानव साङ्गलो बनाएको थियो ।

प्रचण्ड नेपाल निकट अनेरास्ववियूले पनि विरोधका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ३ : ३४ बजे

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट