१ भदौ २०८३, सोमबार | August 18, 2026

अदालत र न्यायाधीसले संविधान संशोधन गर्न सक्दैन, संविधान संशोधन संसदलेमात्रै गर्नसक्छ : युवराज ज्ञवाली



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका ईन्चार्ज युवराज ज्ञवालीले अदालतलाई संविधान संशोधनको अधिकार नभएको बताएका छन् ।

प्रचण्ड-नेपाल पक्षले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले अदालत र न्यायाधीसको काम संविधानको व्याख्या गर्ने मात्र भएको संविधान संशोधन गर्ने नभएको बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पार्टी इन्चार्जबाट हटाएर हालैमात्र प्रदेश ईन्चार्ज बनाइएका ज्ञवालीले प्रधानमन्त्री केपीओली कम्युनिष्ट आन्दोलनको केशरजंग रायमाझी बनेको आरोप लगाए । ओलीले कम्युनिष्ट आन्दोलन सहित मुलुकको लोकतन्त्र नै विसर्जन गर्न खोजेको आरोप पनि नेता ज्ञवालीले लगाए । ‘केशरजंगले राजाबाट ‘कुु’ गराएर लोकतन्त्र राजालाई सुम्पेका थिए, केपीले आफै संविधानमाथि ‘कुु’ गरेर आफै राजा बन्न खोज्दैछन्’, ज्ञवालीले भने, ‘अबको राजनीतिमा ‘नो केपी ओली’ ।’

ज्ञवालीले केपी ओलीको नेतृत्वमा अब कहिल्यै पनि कम्युनिष्ट पार्टी बन्न नसक्ने उल्लेख गर्दै केपी ओलीले कम्युनिष्ट पार्टीकै खोल ओढेर कम्युनिष्ट पार्टीलाई खत्तम पार्न थालेको आरोप लगाए । रायमाझीको कदम भन्दा केपीको कदम अझै खतरानाक भएको उनको भनाइ छ । ‘रायमाझी भन्दा ठूला प्रतिगमनकारी केपी ओली नै हुन्’, उनले भने ।

केपी ओलीले नेतृत्व गरेको कम्युनिष्टको खोल गरेको पार्टी केहिदिनका लागि मात्र भएको दाबी गर्दै उनले छिट्टै ओली नेतृत्वमा रहेका नेताहरु आफ्नो पार्टीमा आउने बताए ।

ज्ञवालीले राष्ट्रलाई कमजोर बनाएर केपीले राष्ट्रघाती काम गरेको बताउंदै राष्ट्रवादको नारा लगाउँदैमा कोही राष्ट्रवादी नभइने स्पष्ट पारे । ‘केपी ओली राष्ट्रघाती हुन्, जनघाती हुन्, कम्युनिष्ट विरोधी हुन् र उनी गणतन्त्र विरोधी हुन्, यो भन्दा ठूलो प्रमाण अरु केहि छैन’ ज्ञवालीले भने । ओलीले कम्युनिष्ट पार्टी खत्तम बनाउन खोजेपनि आफुहरुले बचाएको ज्ञवालीले दाबी गरे ।

ज्ञवालीले ओलीको गलत प्रवृति विरुद्ध लामो लडाई पार्टीमा गर्दै आएको बताउँदै एककीकरण पछि केपीमा अझै उन्माद बढेकाले दुर्घटना भएको बताए । ‘केपीलाई गैर कम्युनिष्ट हो भनेर पहिल्यै चिनेको हो, महाधिवेशनले चुनेपछि लोकतन्त्रलाई मानेर अध्यक्ष स्वीकार गरेको हो’, उनले भने, ‘प्रधानमन्त्री बन्नको लागि बहुदलिय जनबाद छाड्ने पहिलो ब्यक्ति केपी ओली हुन् ।’

उनले अबको नेकपाको यात्रा समाजवाद भएको बताउँदै जनवादी क्रान्तिको आधारभुत यात्रा पुरा भएकाले अवको यात्रा वैज्ञानिक समाजबाद भएको बताए ।

पत्रकार सम्मेलनमा नेकपाका युवा नेता ठाकुर गैरेले आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीले गरेको अलोकतान्त्रिक र प्रतिगामी कदम सच्याउन आफूहरु लाग्न बाध्य बनेको बताए । गैरेले नेकपाका कार्यकर्ता कसैका दास बन्न नचाहेको बताउँदै कार्यकर्ताहरुसँग धेरै प्रश्न छन् ती प्रश्नको उत्तर नआउँदा सम्म आन्दोलन जारी रहने बताए ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १२ : ३० बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार