२९ असार २०८३, सोमबार | July 14, 2026

अन्तर्राष्ट्रिय विमानस्थलको त्यो भावविव्हल दृश्य, जब परदेशीएका प्रियजनको एकपछि अर्को १८ शव बाहिरियो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार बेग्लै दृश्य देखियो । त्यो त्यस्तो दृश्य, जतिबेला परदेशीएका छोराछोरीको शव एकपछि अर्को गर्दै गेटबाट बारिरिन थाल्यो । आफन्तहरु उदासमनका साथ गेट बाहिर अधैर्यताका साथ पर्खिरहेका थिए । आफ्ना प्रियजनको पर्खाइमा रहेका आफन्तजनले ति परदेशीएका प्रियजनसँग खुशी साट्न हैन, गहौं मनका साथ उनीहरुको अन्तेष्ठीको पर्खाइमा थिए ।

यात्रुको कार्गोले शव उतै अड्किँदा मृतकका आफन्तको भक्कानो झन बढी छुट्थ्यो । तिनै अड्किएका शव ल्याउन नेपाल एयरलाइन्सको वाइडवडी विमान शुक्रबार मलेसिया गएको थियो । मलेसियामा डिसेम्बर महिनामा मृत्यु भएका नेपाली श्रमिकको शव ल्याइएको हो ।

नेपाल एयललाइन्सको विमानमार्फत ल्याइएका एक अस्तुसहित १९ जनाको शव रहेको क्याफिन विमानस्थलको गेटबाहिर ल्याउँदा आफन्तहरुको भक्कानो छुटेको थियो । हेर्नेहरु समेत भावविह्वल देखिन्थे ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार बहराइनबाट पनि एक जनाको शव आजै आउँदैछ । बोर्डले ति शवलाई आफन्तको घर या शतगत गर्नेस्थलसम्म निशुल्क पुर्याइदिन्छ । अझै केही शव विदेशमा अड्किएका छन् । ति शव ल्याउनका लागि बोर्डमा आफन्तले निवेदन दिएका छन् ।

दुईचार पैसा कमाउनका लागि घरघडेरी बन्धकी राखेर अर्काको देशमा मजदुरी गर्न गएका नेपाली श्रमिकको शव आएको थियो । यो सम्पूर्ण दृश्यले ती आफन्तजनको दुःख मात्र हैन देशलाई नै शोकाकुल बनाएको थियो ।

देशभित्र रोजगारी दिन नसक्ने तर, जनताको नाममा राजनीति गर्ने नेताहरुको सत्तास्वार्थले देश थिलोथिलो पर्दा एकैपटक यतिधेरै संख्यामा शव आउनुले देशकै लज्जाबोध समेत भएको थियो ।

 

 

 

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ३ : २४ बजे

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस