१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

अन्तर्राष्ट्रिय विमानस्थलको त्यो भावविव्हल दृश्य, जब परदेशीएका प्रियजनको एकपछि अर्को १८ शव बाहिरियो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार बेग्लै दृश्य देखियो । त्यो त्यस्तो दृश्य, जतिबेला परदेशीएका छोराछोरीको शव एकपछि अर्को गर्दै गेटबाट बारिरिन थाल्यो । आफन्तहरु उदासमनका साथ गेट बाहिर अधैर्यताका साथ पर्खिरहेका थिए । आफ्ना प्रियजनको पर्खाइमा रहेका आफन्तजनले ति परदेशीएका प्रियजनसँग खुशी साट्न हैन, गहौं मनका साथ उनीहरुको अन्तेष्ठीको पर्खाइमा थिए ।

यात्रुको कार्गोले शव उतै अड्किँदा मृतकका आफन्तको भक्कानो झन बढी छुट्थ्यो । तिनै अड्किएका शव ल्याउन नेपाल एयरलाइन्सको वाइडवडी विमान शुक्रबार मलेसिया गएको थियो । मलेसियामा डिसेम्बर महिनामा मृत्यु भएका नेपाली श्रमिकको शव ल्याइएको हो ।

नेपाल एयललाइन्सको विमानमार्फत ल्याइएका एक अस्तुसहित १९ जनाको शव रहेको क्याफिन विमानस्थलको गेटबाहिर ल्याउँदा आफन्तहरुको भक्कानो छुटेको थियो । हेर्नेहरु समेत भावविह्वल देखिन्थे ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार बहराइनबाट पनि एक जनाको शव आजै आउँदैछ । बोर्डले ति शवलाई आफन्तको घर या शतगत गर्नेस्थलसम्म निशुल्क पुर्याइदिन्छ । अझै केही शव विदेशमा अड्किएका छन् । ति शव ल्याउनका लागि बोर्डमा आफन्तले निवेदन दिएका छन् ।

दुईचार पैसा कमाउनका लागि घरघडेरी बन्धकी राखेर अर्काको देशमा मजदुरी गर्न गएका नेपाली श्रमिकको शव आएको थियो । यो सम्पूर्ण दृश्यले ती आफन्तजनको दुःख मात्र हैन देशलाई नै शोकाकुल बनाएको थियो ।

देशभित्र रोजगारी दिन नसक्ने तर, जनताको नाममा राजनीति गर्ने नेताहरुको सत्तास्वार्थले देश थिलोथिलो पर्दा एकैपटक यतिधेरै संख्यामा शव आउनुले देशकै लज्जाबोध समेत भएको थियो ।

 

 

 

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ३ : २४ बजे

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट