१५ असार २०८३, सोमबार | June 30, 2026

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामाथि संवैधानिक इजलासमा आज पनि सुनुवाइ



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथिको निरन्तर सुनुवाइ आज पनि जारी छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस हुनेक्रममले आज पनि निरन्तरता पाएको हो ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरासहित पाँच न्यायाधीससम्मिलित इजलासमा बहस गरेका कानून व्यवासयीहरुले संविधानमा नभएको नदिएको अधिकार प्रयोग गरी सरकारले प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् । कानूनका विद्यार्थी २५ वर्षीय युवा सतिस खरेलदेखि ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसम्मले बहस गरेका छन् । बहस गर्न नाम लेखाएका करिब २५० कानून व्यवसायीहरुमध्ये हालसम्म दुई दर्जन बढी कानून व्यवसायीले बहस गरिसकेका छन् ।

रिट निवेदकका तर्फबाट बहस सकिएपछि सरकारको प्रतिरक्षा गर्न महान्यायाधीवक्तासहित सरकारी वकिलहरु र अन्य केही कानून व्यवासीहरुले बहस गर्नेछन् । त्यसैगरी सर्वोच्च बार र नेपाल बार एशोसियसनबाट मगाइएका पाँच जना एमिकस क्युरीले पनि आआफ्नो राय दिनेछन् ।

दुवैतर्फबाट बहस सकिएपछि मात्रै संवैधानिक इजलासले फैसला गर्नेछ । जस्तोसुकै फैसला भएपनि यो फैसला नेपालको राजनीतिक इतिहासमा अंकित हुनेछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा निवेदन परेको थियो ।

 

 

 

 

 

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १२ : ०१ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै