११ श्रावण २०८३, सोमबार | July 27, 2026

भ्रष्टाचारसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्न एफएनसीसीआई अध्यक्ष गोल्छाको माग



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचारसम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गरेका हुन् ।

भन्सार विभागले गरेको सर्वेक्षण सराहनीय भएको तर प्रतिवेदन सार्वजनिक नभएको भन्दै छिटो सार्वजनिक गर्न माग गरेका हुन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार महासंघको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले विभागले गरेको उक्त सर्वेक्षणमा आफूले पनि सहभागिता जनाउन पाएको तर अहले सम्म प्रतिवेदन हेर्न नपाएको गुनासो गरका हुन् ।

प्रतिवेदन सार्वजनिक भए जनसमुदायमा सकारात्मक सन्देश जाने पनि गोल्छाको भनाइ छ ।

यस्तै भन्सारबाट छुटेको समान राजस्व अनुसन्धान विभागले बाटोमा रोक्ने गरेको गुनासो पनि अध्यक्ष गोल्छाले गरे । यसबाट व्यापारिहरु त्रसित हुने मात्र नभई व्यवसायिक विकृति समेत उत्पन्न हुने खतरा बढेको बताए ।

भन्सार मूल्याङ्कन र वर्गिकरण यथार्थपुरक हुनुपर्नेमा समेत अध्यक्ष गोल्छाले जोड दिए ।

कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीेले सरकार व्यवहारिक रुपमा निजी क्षेत्र मैत्री रहेको बताए ।

निजी क्षेत्रको समस्या सरकारले नसुनिकन र निजी क्षेत्रको आवस्यकता अनुसार कानूनहरु संसोधन नभएसम्म आर्थिक विकासका गतिविधि बढ्न नसक्ने स्पष्ट पारे ।

कार्यक्रममा उद्योगी व्यवसायीहले भन्सार सम्बन्धमा भएका विवाद समाधान गर्न संयन्त्र निर्माण गर्न माग गरेका छन् ।

सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएकाले निजी क्षेत्रको विकास विना मुलुकमा आर्थिक विकास सम्भव नभएको पनि उद्योगी व्यवसायीहरुले बताएका छन् । 

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ७ : ४९ बजे

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको