२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

प्रधानमन्त्री ओली र उनका सहयोगीहरुसँग अलग्गै संविधान छ : वरिष्ठ अधिवक्ता थापा



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा आज पनि बहस भैरहेको छ ।

बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अर्कै संविधान रहेको जिकिर गरेका छन् ।

थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको सिफारिस र त्यसलाई सदर गर्ने राष्ट्रपतिको निर्णय संविधान विपरित भएको दाबी गरेका छन् । प्रधानमन्त्री र उनका सहयोगीसँग फरक संविधान रहेको भन्दै वरिष्ठ अधिवक्ता थापाले सुवास नेम्वाङ, महान्यायाधिवक्ता अग्नि खरेललाई कटाक्ष समेत गरे ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, विघटित प्रतिनिधिसभा सदस्यहरू कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री र शशी श्रेष्ठको तर्फबाट बहस गर्दै थापाले संविधान निर्माणका क्रममा एउटा कुरा भन्ने र पछि आएर संविधानमाथि प्रहार गर्नु ठीक नभएको जिकिर गरे ।

थापाले भने, ‘प्रधानमन्त्रीसँग अर्को संविधान छ । संविधानसभा, अध्यक्षसँग अर्को संविधान छ भनेदेखि अर्को कुरा हो । नभए जुन संविधान प्रचलित छ भने त्यो त जस्तो लेखियो त्यस्तै हो ।’

वरिष्ठ अधिवक्ता थापाले संविधानमा भएको कुराको व्याख्या गर्नका लागि संवैधानिक इजलास बसेको भन्दै त्यसले सबैको विश्वास जित्ने व्याख्या गर्नुपर्ने जिकिर गरे । उनले भने, ‘श्रीमानहरूको जो व्याख्या हुन्छ त्यो नै फाइनल हुने हो । विश्वास आफ्नो हो । आत्माको विश्वासको अगाडि व्याख्या होस् भन्ने हो ।’

त्यसअघि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले थापालाई रोक्दै कति समय लिन लागेको भन्दै प्रश्न गरेका थिए । जबराले संविधानले गरेको व्यवस्था एउटै भएकाले धेरै व्याख्या गरिरहन आवश्यक नभएको धारणा राखेका थिए ।

 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  २ : १४ बजे

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि