१० चैत्र २०८२, मंगलबार | March 25, 2026

ओली नेकपाको जनसभा २३ गते काठमाडौंमा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले माघ २३ गते जनसभा गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँको रत्नपार्कमा जनसभा गर्न लागेको हो ।

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै नेकपा बागमती प्रदेश संगठन कमिटी अध्यक्ष आनन्द प्रसाद पोखरेलले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको बास्तविकता जनतालाई जानकारी गराउने उद्देश्यले जनसभा आयोजना गर्न लागिएको बताए ।

पत्रकार सम्मेलनमा ओली पक्षका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले २८ कात्तिकमा दर्ता भएको ‘आरोप पत्र’ फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताए ।

जनसभा सफल पार्नको निम्ति नेकपाका नेता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको सयोजकत्वमा ११ सय ११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरेको छ ।

जनसभा परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले सभामा व्यक्तिकेन्द्रित आरोप–प्रत्यारोप नगरी विधिसम्मत् राजनीतिक र व्यवहारिक कुरा गर्ने बताए । श्रेष्ठले २३ गतेको जनसभामा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन मार्फत वर्तमान राजनीतिक परिवेशको सम्बन्धमा गोप्य रहेको कुरा सार्वजनिक गर्ने पनि बताए ।

नेकपाले माघ २१ गते १० हजार मोटरसाइकल -याली पनि गर्ने भएको छ । जनसभामा बागमती प्रदेश अन्र्तगतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्ला गरी १७ जिल्लाका नेता कार्यकर्ताको नेतृत्वमा जनपरिचालन गरी सभालाई सफल बनाइने बताइएको छ ।

सभामा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु र सदस्यहरुले नेतृत्व गरी -यालीसहित जनसभामा सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ३ : ४२ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण