१९ बैशाख २०८१, बुधबार | May 2, 2024

एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बुधबार बिहान ११ बजे पार्टीका पदाधिकारीसहित अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन ।

पार्टीको पछिल्लो अवस्था र देशको समसामयिक राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

तामाङका अनुसार एमाले विभाजन नरोजेका दोस्रो तहका नेताहरुसँग सहमति भएपछि यसले पार्टीमा पार्ने प्रभाव, पार्टीमा देखिएको विभाजन र देशको समसामयिक राजनीतिक विषयमा ओलीले आफ्ना दृष्टिकोण राख्नेछन ।

हिजोको स्थायी कमिटी बैठकले दोस्रो तहका नेताहरुसँग भएको सहमति अनुसार १० बुँदे कार्यान्वयन गर्ने समय तालिका निर्धारण गरेको थियो । बैठकपछि पार्टी एकताको सन्देश दिन नेताहरुले सामूहिक तस्बिर खिचाएका थिए ।

आजै एमालेबाट विद्रोह गरेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोगले नेताहरुलाई सनाखतका लागि बोलाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : ३३ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी