२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

अझै पार्टीको नेतृत्व गर्ने ओलीको संकेत



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन् । अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउँदै उनले यस्तो संकेत गरेका हुन् ।

स्थायी कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा ओलीले कोही पनि व्यक्ति निर्विकल्प नहुने तर अनुकूल समयमा पार्टी एमालेले आउँदो मंसिर दोस्रो साता महाधिवेशन गर्ने निर्णय गरेलगत्तै ओलीको यस्तो धारणा आएको हो ।

एमाले नवौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि र तत्कालीन नेकपाको अध्यक्ष हुँदा ओलीले एउटै कक्षा दोहोर्‍याएर नपढ्ने पटकपटक बताएका थिए । तर बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म स्वाभाविक रूपमा अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रयास गर्छु, त्यसमा विश्वास गर्छु ।’ ओलीले अर्को व्यवस्था नभएसम्म वा कसैले चुनौती नदिएको अवस्थासम्म आफू अध्यक्ष हुने बताए । ‘अहिले अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्ष हुँ या अर्को व्यवस्था गर्नु नपरेसम्मका लागि ।

सामान्य हिसाबमा भन्नुपर्दा महाधिवेशनसम्मका लागि । कसैले मलाई चुनौती दिइहाल्या छैन, दिनुपर्ने पनि छैन, किनकि हामी चुनौतीको खोजी गरेर दिनैपिच्छे पार्टीभित्र लफडा गर्दैनौं । यो हाम्रो काम होइन । हामी समस्या होइनौं । हामी समस्याका समाधान हौं । हामी देशमा आएका र पार्टीमा आएका समस्या समाधान गर्छौं । निर्विकल्प कोही पनि हुँदैन’, ओलीले भने ।

उनले अगाडि थपे, ‘निर्विकल्प कहिलेसम्म रु केही चिज दुनियाँमा निर्विकल्प हुन्छ रु यो पञ्चायत निर्विकल्प भएजस्तै, कुनै चिज निर्विकल्प हुन्छ रु कुनै चिज, जसको सुरु हुन्छ, त्यसको अन्त्य हुन्छ । जो प्रधानमन्त्री हुन्छ, त्यो जीवितै छँदा होस् वा अरू नै कारणले भूतपूर्व हुन्छ हुन्छ । कुनै एउटा अवधिका लागि निर्विकल्प हुन्छ । यो कुरा नबुझ्ने मान्छेहरू कोही हुँदा निकै खुसी हुने र हट्दा दुःखी हुने जो छ, हाम्रो चलन त्यस्तो छैन ।’

ओलीले आफूले जीवन र जगतलाई बुझेको पनि बताए । ‘हामी दुनियाँलाई बुझ्छौं, जीवन जगतलाई बुझ्छौं, केही पनि निर्विकल्प हुँदैन । खास अवधिका लागि निर्विकल्प हुनसक्छ । जस्तो-अहिले नेकपा एमाले प्रतिपक्षमा निर्विकल्प छ, प्रतिपक्षमा यसको विकल्प छैन ।

आउँदो चुनावबाट यो फेरि सरकारमा जान्छ, यसको विकल्प पनि छैन। यो सधैंका लागि होइन । आवधिक निर्वाचन भइरहन्छ,’ उनले भने । आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  ७ : २३ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु