२८ बैशाख २०८३, सोमबार | May 11, 2026

‘कांग्रेसले कम्युनिष्टमाथि निषेधको राजनीति गर्दा पञ्चायत आयो, मदन भण्डारीले ढाले’-अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसकै कारण राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लाद्न पाएको दाबी गरेका छन् । श्वेतशार्दूल (मदन भण्डारी) पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २००७ सालको क्रान्तिपछि कांग्रेसले कम्युनिस्टमाथि निषेधको राजनीति गर्दा पञ्चायत आएको आरोप लगाएका हुन् ।

‘कांग्रेसको सुरुदेखि नै एउटा प्रवृत्ति देखायो । राणा प्रधानमन्त्री हुँदा बरु कम्युनिस्ट पार्टीले सहकार्य गर्न पायो । तर, कांग्रेसले पुष्पलालजस्ता कम्युनिस्टमाथि प्रतिबन्ध लगायो । निषेधको राजनीति गर्‍यो । ०१७ साल कसरी आयो भने प्रगतिशील शक्ति दबाउने र प्रतिक्रियावादी शक्तिसँग सहकार्य गर्दा आयो । राजनीतिक शक्तिबीच एकता नभएको र दलहरूबीच फाटोको फाइदा प्रतिक्रियावादीले लिए,’ ओलीले भने ।

०१७ सालपछि पुष्पलालले अग्रपंक्तिमा ‘कु’ विरुद्ध लडेको, कांग्रेसका नेता कार्यकर्ताको रिहाइको माग गरेको उल्लेख गर्दै ओलीले पुष्पलालले मिलेर जाउँ भन्दा बिपीले अस्वीकार गरेको र बिपीसँग पुष्पलाल मिलेर जान नसकेको बताए ।

तर, मदन भण्डारीले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई कन्भिन्स गरेर ०४६ मा संयुक्त जनआन्दोलन सफल भएको र निरंकुश पञ्चायत ढाल्न सफल भएको ओलीको भनाइ थियो । ‘यसबीचमा संसदीय निर्वाचन गराउने, संविधान बनाउने, संसदलाई कसरी अगाडि बढाउने कामहरू भए । सामाजिक न्याय समानताको प्रश्नलाई कसरी हल गर्ने भनेर मदन भण्डारीले सिलसिलेवार विचार दिनुभयो । सही विचार निकाल्ने र सम्प्रेषण अत्यन्तै प्रभावकारी ढंगले गर्नुभयो,’ उनले भने ।

०४७ सालको संविधानमा पनि भण्डारीले केही बुँदामा असहमति जनाएको र ती असहमतिहरू ४ जेठ ०६३ मा आइपुगेर पुनर्स्थापित संसदमा पेस भएको स्मरण गरे । ‘मदन भण्डारीका सामाजिक न्याय र समानताका प्रश्नलाई पत्नी विद्यादेवी भण्डारीले सर्वदलीय सहमति जुटाएर पुनर्स्थापित संसदमा चार बुँदे पेस गर्नुभयो । महिलालाई ३३ प्रतिशत, अंशवण्डाको अधिकार लगायतका कुराहरू अगाडि बढाउनुभयो । जसले पछि संविधानमा स्थान बनायो । अहिले हामी अघि बढ्दैछौं,’ उनले भने ।

नेपाली समाजको स्थिति के हो, यसलाई कसरी अगाडि बढाउने भनेर मदन भण्डारीले बाटो देखाएको ओलीको भनाइ थियो । ‘परिवर्तन मौलिक ढंगले हुन्छ । विचारधारा प्रयोगबाट निस्किन्छ भन्ने देखाए । विचार युगीन हुन्छ । चिन्तनहरू व्यवहारबाटै सिर्जना हुन्छ । मदन भण्डारी त्यहीँ बाटोबाट अघि बढ्दै जाँदा जनताको बहहुदलीय जनवाद आयो,’ उनले भने ।

मदन भण्डारीले समाजलाई योगदान, मार्गदर्शक गर्ने, अनुपयुक्त समाजलाई उपयुक्त मार्गतिर लाने, विचारमा संगठित गर्ने, मानव समुदायलाई प्रतिनिधित्व गर्ने त्यसलाई एउटा वैचारिक आन्दोलन गर्ने अगाडि बढाउने काम गरेको र उनको जीवन असाधारण गतिमय रहेको ओलीको भनाइ थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ५ : ३८ बजे

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा

इरान युद्धबाट अमेरिकाले सिकेका पाठ चीनका लागि पनि महत्वपूर्ण

इरानमा युद्ध तेस्रो महिनामा प्रवेश गरिरहँदा यसले चीनलाई युद्धको परिस्थितिमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

काठमाडौं । टर्कीको इस्तानबुलबाट २७८ यात्रु बोकेर काठमाडौं आएको टर्किस

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका

टर्किस एयर विमान आगलागी : अन्तर्राष्ट्रिय उडान प्रभावित, ४ बच्चासहित २७७ यात्रु सबै सकुशल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि