२९ चैत्र २०८२, आइतबार | April 12, 2026

बृहत नागरिक आन्दोलनका प्रदर्शनकारीमाथि प्रहरीद्वारा लाठी र पानीको फोहोराको वर्षा



काठमाडौं । बृहत नागरिक आन्दोलनको प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

कमलपोखरीको माटो निधारमा लगाएर बालुवाटार पुगेका नागरिक आन्दोलनकारीमाथि प्रहरीले पानीको फोहोरा र लाठिचार्ज गर्दै हस्तक्षेप गरेको हो ।

आन्दोलनकारी भाटभटेनी चोकबाट अघि बढेपछि प्रहरीले हस्तक्षेप सुरु गरेको थियो । प्रहरी हस्तक्षेपका क्रममा पत्रकार नारायण वाग्लेसहितका आन्दोलनकारी नागरिक अगुवा घाइते भएका छन् ।

घाइते पत्रकार वाग्लेले बालुवाटारबाटै तेस्रो जनआन्दोलनको सुरुवात भएको बताएका छन् । सरकारले नागरिकको आवाज दबाउन बर्बर दमन गरेको आरोप लगाउँदै वाग्लेले अब तेस्रो जनआन्दोलनले सरकारलाई बढार्ने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु आज सोमबारको प्रदर्शनमा सहभागी थिए।

 

 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ४ : ४३ बजे

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय