७ चैत्र २०८२, शनिबार | March 21, 2026

संसद विघटन विरुद्धको सुनुवाइ संवैधानिक इजलासमा जारी



काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस नसकी सोमबार स्थगित भएको प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ आज अधिवक्ता थापा कै बहसबाट प्रारम्भ भएको छ ।

मंगलबार सुरु भएको सुनुवाइको प्रारम्भमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस सुरु गरेका छन्। उनको सोमबार दिउँसोबाट सुरु भएको बहस नसकिंदै सोमबारको इजलास स्थगित गरिएको थियो ।

बहसको ११औँ दिनसम्म पनि रिट निवेदककै पक्षका कानुन व्यवसायीको बहस चलिरहेको छ। विघटनविरुद्ध पक्ष र विपक्षमा गरी करिब ३ सय वकिलले नाम टिपाएका छन्। नाम टिपाएका सबैले बहस नगर्ने सर्वोच्चका एक अधिकारीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद विघटनका लागि गरेको सिफारिसका आधारमा राट्रपति भण्डारीले संसद विघटन गर्दै नयाँ निर्वाचनको मिति तोकेकी थिईन् ।

प्रधानमन्त्रीको सिफारिसर राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ ।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीले सुनुवाइ गरिरहेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १२ : २४ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा