१२ बैशाख २०८१, बुधबार | April 24, 2024

गणतन्त्र दिवसको दिन भारतको राजधानी तनाबग्रस्त : इन्डिया गेटमा गणतन्त्र दिवसको परेड, लालकिल्लामा किसानसँग मुठभेड



गणतन्त्र दिवसको दिन इन्डियागेट विजय चोकमा भारतीय एलिटहरुको उपस्थितिमा गणतन्त्र दिवसको भव्य परेड भैरहेकै समयमा परेडको केही किलोमिटर दिल्लीगेट नजिकै अर्धसैनिक बल र दिल्ली पुलिससँग भारतीय किसानले भिडन्त गरेका छन् ।

इन्डिया गेटआसपास भारतीय भव्यता देखाइरहेको बेला केही किलोमिटर टाढा प्रगतिमैदान, आइटीओ, दरियागन्ज, लालकिल्ला आसापास ट्याक्टर चढेका हजारौं किसानले सुरक्षाकर्मीसँग भिडन्त गरेका छन् ।

भारत सरकारले किसान विराधी कानून ल्याएको विरोधमा पाँच महिनादेखि राजधानी दिल्लीको बोर्डरमा धर्नामा बसेका किसानले आज गणतन्त्र दिवसको अवसरमा हजारौं किसान राजधानीको मध्य भागमा प्रवेश गरेका हुन् ।

किसानहरुको सरकार विरोधी ट्याक्टर याली यतिबेला भिडन्तमा परिणत भएको छ । पन्जाब, हरियाणा, उत्तर प्रदेश, कर्नाटक, महाराष्ट्र र पश्चिम बंगाल लगायतका राज्यमा ती कानुनको चर्को विरोध हुँदै आएको छ ।

प्रहरीको अवरोध तोडेर किसानहरु बढेका छन् । दिल्लीका विभिन्न बोर्डरबाट मध्य भागमा छिरेका किसानहरु प्रहरीले दिएको रुटलाई अस्वीकार गर्दै दिल्लीको मुख्यभागमा प्रवेश गरेका हुन् ।

प्रहरीले किसानहरुलाई रोक्नका लागि लाठीचार्ज र दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको छ । गाजिपुर बोर्डरबाट अघि बढेका किसानलाई आइटीओबाट अघि बढ्न रोक्न प्रहरीले बल प्रयोग गरेको छ ।

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  २ : १० बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।