१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

गणतन्त्र दिवसको दिन भारतको राजधानी तनाबग्रस्त : इन्डिया गेटमा गणतन्त्र दिवसको परेड, लालकिल्लामा किसानसँग मुठभेड



गणतन्त्र दिवसको दिन इन्डियागेट विजय चोकमा भारतीय एलिटहरुको उपस्थितिमा गणतन्त्र दिवसको भव्य परेड भैरहेकै समयमा परेडको केही किलोमिटर दिल्लीगेट नजिकै अर्धसैनिक बल र दिल्ली पुलिससँग भारतीय किसानले भिडन्त गरेका छन् ।

इन्डिया गेटआसपास भारतीय भव्यता देखाइरहेको बेला केही किलोमिटर टाढा प्रगतिमैदान, आइटीओ, दरियागन्ज, लालकिल्ला आसापास ट्याक्टर चढेका हजारौं किसानले सुरक्षाकर्मीसँग भिडन्त गरेका छन् ।

भारत सरकारले किसान विराधी कानून ल्याएको विरोधमा पाँच महिनादेखि राजधानी दिल्लीको बोर्डरमा धर्नामा बसेका किसानले आज गणतन्त्र दिवसको अवसरमा हजारौं किसान राजधानीको मध्य भागमा प्रवेश गरेका हुन् ।

किसानहरुको सरकार विरोधी ट्याक्टर याली यतिबेला भिडन्तमा परिणत भएको छ । पन्जाब, हरियाणा, उत्तर प्रदेश, कर्नाटक, महाराष्ट्र र पश्चिम बंगाल लगायतका राज्यमा ती कानुनको चर्को विरोध हुँदै आएको छ ।

प्रहरीको अवरोध तोडेर किसानहरु बढेका छन् । दिल्लीका विभिन्न बोर्डरबाट मध्य भागमा छिरेका किसानहरु प्रहरीले दिएको रुटलाई अस्वीकार गर्दै दिल्लीको मुख्यभागमा प्रवेश गरेका हुन् ।

प्रहरीले किसानहरुलाई रोक्नका लागि लाठीचार्ज र दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको छ । गाजिपुर बोर्डरबाट अघि बढेका किसानलाई आइटीओबाट अघि बढ्न रोक्न प्रहरीले बल प्रयोग गरेको छ ।

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  २ : १० बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’