६ माघ २०८२, मंगलबार | January 20, 2026

प्रतिनिधिसभा विघटन विरुद्ध काँग्रेसद्वारा ३ दिने आन्दोलनको घोषणा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली काँग्रेसले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले तीन दिनको विरोध कार्यक्रम तय गरेको हो ।जसअनुसार माघ १९ गते भातृसंस्थाले विरोध प्रदर्शन गर्नेछन् भन् २४ गते शुभेच्छुक संस्थाको आयोजनमा देशभर प्रदर्शन हुनेछ । घोषित कार्यक्रमको अन्तिम दिन माघ ३० गते ७७ वटै जिल्लामा पार्टीको आयोजनामा प्रदर्शन हुनेछ ।

पार्टी केन्द्रले घोषणा गरेको कार्यक्रमको अलावा जिल्ला समिति र भातृ संगठनहरुले आवश्यकता अनुसार कार्यक्रम गर्नसक्ने पनि निर्णय गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सोमबार नागरिकले प्रतिनिधि सभा विघटनको विरोधमा गरेको प्रदर्शनमा सरकारले गरेको दमनलाई नेपाली कांग्रेसले गम्भिरतापूर्वक लिदैँ विरोध गरेको पनि प्रवक्ता शर्माले बताए । बैठकले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उक्त दमनलाई निन्दा र भत्र्सना गरेको छ । त्यसैगरी प्रधानमन्त्रीले पछिल्लो समय प्रतिनिधि सभा विघटनको विरोध गर्नेलाई अनुचित टिप्पणी गर्ने गरेको कांग्रेसको ठहर छ । अदालतमा विचाराधिन मुद्धालाई समेत तमासा भनेर ९४ वर्षिय बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी लाई गरेको टिप्पणी तथा पत्रकारकारमाथि पनि अशोभनिय टिप्पणी गरेकाले प्रधानमन्त्रीको टिप्पणीले प्रधानमन्त्री पदको गरिमा राख्न असफल भएको निष्कर्ष बैठकले निकालेको प्रवक्ता शर्माले जनाए ।

बैठकले नयाँ संघीय संरचना अनुरुप पार्टीको स्थानीय सांगठनिक संरचनालाई समायोजन गर्न जिम्मेवारी पाएअनुसार ७४ वटा जिल्लामा समायोजन कार्य पुरा गरेकोमा बैठकले निर्वाचन समितिलाई धन्यवाद ज्ञापन पनि गरेको छ । बाँकी रहेको समायोजनको काम सम्पन्न गर्नपनि पुनः निर्वाचन समितिलाई जिम्मेवारी दिईएको छ ।

त्यसैगरी बैठकले नेपाली कांग्रसका भातृ संगठनहरु नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भुतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी÷जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनासम्मको लागि थप गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

त्यसैगरी नेपाली कांग्रेसको कतार, मलेसिया, बहराइन, मलेसिया र साउदी अरबको जनसम्पर्क समितिको क्रियाशिल सदस्यलाई स्वीकृत गरिएको छ । बैठकले माल्टामा रहेका नेपालीहरुले गठन गरेको जनसम्पर्क समितिलाई आबद्धता प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाली जनसम्पर्क समिति युएइको विधानलाई स्वीकृत गरेको छ भने इजरायल जनसम्पर्क समितिको म्याद सकिएको मितिले बढीमा ६ महिनाभित्रमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यकाल थप गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।

 

 

 

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ५ : १४ बजे

एमालेले पाल्पा-२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज

शेरबहादुर देउवा चुनाव नलड्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको