१२ बैशाख २०८१, बुधबार | April 24, 2024

संसद विघटनलाई अदालतले सदर गरे केपी ओलीबाट अदालतमाथि नै प्रहार सुरु हुनेछ : घनश्याम भुसाल



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटनलाई सर्वोच्च अदालतले सदर गरे ओलीले स्वतन्त्र अदालतमाथि नै प्रहार सुरु गर्ने बताएका छन् ।

रुपन्देहीमा संचालित मिडियाका सम्पादक, लेखक तथा बुद्धिजिवीहरुसँगको अन्तक्रियामा बोल्दै नेता भुसालले अदालतको काम संविधानको रक्षा गर्ने तथा कार्यपालिका र व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने भएको बताए ।

नेता भुसालले अदालत सेटिङको प्रभावमा नपरोस भन्ने उद्देश्यले नेकपाले आन्दोलन गरेको दाबी गर्दै जनताबाट बहुमत ल्याउने अनि सरकार चलाउँदिन भन्ने अधिकार संविधानले कसैलाई नदिएको बताए । भुसालले संसद ब्युँतिए फेरि अर्को केपी ओली नजन्मने ठोकुवा गर्दै संविधानले कल्पना गरे अनुसार दल बन्न नसकेका कारण समस्या उत्पन्न भएको खुलासा गरे ।

उनले तत्कालिन एमालेमा निश्चित समयावधिमा राजनीतिबाट बिश्राम लिने नीति बनाइए पनि दुई पार्टीको एकताका क्रममा त्यो कार्यान्वयन हुन नसकेको उल्लेख गरे । नेता भुसालले एमालेको नवौं महाधिवेशनले विचार एउटाको पास गरेर नेता अर्को निर्वाचित गर्दा अहिलेको दुर्घटना भएको बताए ।

उनले नेकपामा दलाल पूँजीपतिपहरु प्रवेश गरेको पार्टीले मनन् गरेको स्वीकार गर्दै तिनीहरुलाई लोकतान्त्रिक विधिबाट व्यवस्थापन गरिने प्रतिवद्धता ब्यक्त गरे । उनले पार्टीमा धेरै कमिकमजोरी रहेको स्वीकार गर्दै ती सबैकमजोरी सुधार गर्दै लगिने सम्पादक तथा लेखकहरुका माझ प्रण समेत गरे ।

कार्यक्रममा पत्रकार तथा विश्लेषकहरुले ओली नेकपा र प्रचण्ड-नेपाल नेकपामा भिन्नता नदेखिएको, कार्यकर्ताहरुसँग दुरी बढेको, जनतामा निरासा रहेको तथा नेताहरुमा सामान्ती प्रवृति देखिएको भन्दै आलोचना गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ६ : ४३ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको