१६ असार २०८३, मंगलबार | June 30, 2026

संसद विघटन विरुद्ध आन्दोलित हुँदै रुपन्देहीका नागरिक अगुवाहरु



बुटवल । रुपन्देहीमा क्रियाशिल नागरिक अगुवाहरुले संसद विघटनका विरुद्ध गरिने आन्दोलन प्रति एक्यवद्धता जनाएका छन् । नागरिक अगुवाहरुको भेलाले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदम प्रतिगमनकारी कदम भएको ठहर गर्दै त्यस विरुद्ध गरिने शान्तिपूर्ण आन्दोलनमा नागरिक समाजको एक्यवद्धता रहने निर्णय गरेकाछन् ।

अधिकारकर्मी पुरुषेत्तम घिमिरे, गोबिन्द खनाल, पदम कार्की, बिनोद पहाडी, बालकृष्ण चापागाई, गोपाल पाण्डे, डिबी खनाल, गोपाल चापागाई, रिता क्षेत्री, दामोदर खनाल, ऋषी आजाद दगायतको उपस्थितीमा भएको भेलाले प्रधानमन्त्रीको संसद विघटनको निर्णयलाई असंवैधानिक र प्रतिगमनकारी कदम भएको ठहर गर्दै त्यस विरुद्ध नागरिक समाज पनि आन्दोलित हुने निर्णय गरेका हुन् ।

अधिकारकर्मीहरुको भेलाले नेकपा प्रचण्ड-नेपाल पक्षले माघ १५ गते बुटवलमा गर्न लागेको विरोधसभा प्रति नैतिक समर्थन ब्यक्त गरेको सो पार्टीको संघर्ष समितिका सचिव गुणाराम घिमिरेले जानकारी दिए ।

उता रुपन्देहीमा आन्दोलनलाई शसक्त बनाउन तिलोत्तमाको शंकरनगरमा आयोजित महिला भेलाले टिका ओली संयोजक र उमा काफ्ले सह-संयोजक रहेको १११ सदस्सीय महिला आन्दोलन परिचालन समिति गठन गरेको नेकपाकी नेतृ रिज्जु श्रेष्ठले जानकारी गराईन् ।

नेकपाको प्रचण्ड-नेपाल पक्षले माघ १५ गते कन्द्रीय संघर्ष समितिको आयोजनामा बुटवलमा विरोधसभा गर्ने जनाएको छ । सभालाई अध्यक्ष द्वय माधव नेपाल र प्रचण्डले सम्बोधन गर्ने रुपन्देही जिल्ला पार्टी प्रचार प्रमुख सिद्धिचरण भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ८ : १७ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै