१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

संसद विघटन विरुद्ध आन्दोलित हुँदै रुपन्देहीका नागरिक अगुवाहरु



बुटवल । रुपन्देहीमा क्रियाशिल नागरिक अगुवाहरुले संसद विघटनका विरुद्ध गरिने आन्दोलन प्रति एक्यवद्धता जनाएका छन् । नागरिक अगुवाहरुको भेलाले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदम प्रतिगमनकारी कदम भएको ठहर गर्दै त्यस विरुद्ध गरिने शान्तिपूर्ण आन्दोलनमा नागरिक समाजको एक्यवद्धता रहने निर्णय गरेकाछन् ।

अधिकारकर्मी पुरुषेत्तम घिमिरे, गोबिन्द खनाल, पदम कार्की, बिनोद पहाडी, बालकृष्ण चापागाई, गोपाल पाण्डे, डिबी खनाल, गोपाल चापागाई, रिता क्षेत्री, दामोदर खनाल, ऋषी आजाद दगायतको उपस्थितीमा भएको भेलाले प्रधानमन्त्रीको संसद विघटनको निर्णयलाई असंवैधानिक र प्रतिगमनकारी कदम भएको ठहर गर्दै त्यस विरुद्ध नागरिक समाज पनि आन्दोलित हुने निर्णय गरेका हुन् ।

अधिकारकर्मीहरुको भेलाले नेकपा प्रचण्ड-नेपाल पक्षले माघ १५ गते बुटवलमा गर्न लागेको विरोधसभा प्रति नैतिक समर्थन ब्यक्त गरेको सो पार्टीको संघर्ष समितिका सचिव गुणाराम घिमिरेले जानकारी दिए ।

उता रुपन्देहीमा आन्दोलनलाई शसक्त बनाउन तिलोत्तमाको शंकरनगरमा आयोजित महिला भेलाले टिका ओली संयोजक र उमा काफ्ले सह-संयोजक रहेको १११ सदस्सीय महिला आन्दोलन परिचालन समिति गठन गरेको नेकपाकी नेतृ रिज्जु श्रेष्ठले जानकारी गराईन् ।

नेकपाको प्रचण्ड-नेपाल पक्षले माघ १५ गते कन्द्रीय संघर्ष समितिको आयोजनामा बुटवलमा विरोधसभा गर्ने जनाएको छ । सभालाई अध्यक्ष द्वय माधव नेपाल र प्रचण्डले सम्बोधन गर्ने रुपन्देही जिल्ला पार्टी प्रचार प्रमुख सिद्धिचरण भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ८ : १७ बजे

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

काठमाडौं। लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

झापा । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका

राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा तीन

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै