२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

कोरोना विरुद्धको खोप अभियान सुरु; कोरोना महामारी पहिला जस्तो हुँदैन, थप खोप छिट्टै आउँछ : प्रधानमन्त्री ओली



काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप अभियान सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारबाट खोप अभियानको भर्चुअल शुभारम्भ गरेका हुन ।

प्रधानमन्त्री ओलीले खोप अभियानको भर्चुअल शुभारम्भ गर्दै कोरोनाविरुद्धको लडाईमा आफ्नो ज्यान जोखिममा राखेर सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

यस अभियानमा देशभरका स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेर कोरोनाविरुद्धको लडाईमा खेलेको भूमिकाका लागि प्रसंशा गरेका थिए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीले अप्रत्याशित रुपमा ज्यान लिएको प्रति दुख व्यक्त गर्दै मृतकका परिवारहरुलाई समवेदना प्रकट गरेका छन् ।

उनले अब सबै मानिसहरु सतर्क रहेकाले पहिला जस्तो गरेर कोरोना नफैलिने बताए । मानिसहरुले सतर्कता अपनाउदै आएकोले पहिला जस्तो महामारीको अवस्था नआउने बताए ।

प्रधानमन्त्री ओलीले खोप प्राप्त भएपनि कोरोनाबाट बच्ने उपाय भने अपनाउदै जानुपर्ने बताए । उनले पूर्ण रुपमा कोरोना नियन्त्रण नभएसम्म मास्क लगाउने हात धुने र सामाजिक दूरी कायम राख्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले कोरोनाको खोप उपलब्ध गराएकोमा भारत, भारतीय जनता र प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली जनताको तर्फबाट धन्यवाद दिएका थिए । उनले अन्य संघ संस्थाहरुसँग पनि कुरा भइरहेको र भारत सरकारसँग थप खोप किन्ने विषयमा कुरा भइरहेको बताउदै प्रधानमन्त्री ओलीले थप खोप उपलब्ध हुने विश्वास व्यक्त गरेका छन् ।

उनले विश्वका अन्य देशको तुलनामा नेपालमा क्षति कम भएको बताउदै पहिलो कोरोनाको केस देखिदा परिक्षण गर्ने ठाउँ नभएकोमा अहिले ८२ ठाउँबाट कोरोनाको परिक्षण भइरहेको बताए । उनले आगामी तीन महिनाभित्र सबैलाई खोप लगाएर सकिने गरि सकरार अगाडी बढिरहेको बताए ।

अभियान उद्घाटनलगत्तै नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् । कोरोनाविरुद्धको खोप सुरक्षित रहेको सन्देश दिन पहिलो खोप आफुले लगाएको डा. राजभण्डारीले बताएका छन ।

भारत सरकारले अनुदानमा दिएको सीरम इन्स्टिच्युटले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिकाको सहकार्यमा बनाएको ‘कोभिसिल्ड’ खोप पहिलो चरणमा बुधबार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ ।

खोपको पहिलो दिन १२ हजार जनालाई खोप लगाइने स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले जानकारी दिएका छन् । पहिलो चरणको खोप अभियान १० दिनमा सकिने मन्त्री त्रिपाठीले बताएका छन ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ११ : २४ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज