१ पुस २०८२, मंगलबार | December 17, 2025

सम्पत्ति हत्याउन आफ्नै परिवारबाट छोराको हत्या, हत्यामा संलग्न ६ जना पक्राउ



भैरहवा । सम्पत्ति दिनुपर्ने भएपछि रुपन्देहीमा आफ्नै परिवारले छोराको हत्या गरेको खुलेको छ ।

रुपन्देहीको सियारी गाँउपालिका २ बेथरीमा बस्दै आएका राजेन्द्र प्रसाद यादवलाई आफ्नै परिवारका सदस्यहरुले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको रुपन्देही प्रहरीले जनाएको छ ।

यादवको शव ०७७ माघ ६ गते रुपन्देहीको मायादेवी गाँउपालिका ७ गरगट्टीमा जलेर मृत अवस्थामा फेला परेको थियो ।

घटनाबारे जानकारी पाएपछि अनुसन्धान गर्दै जाँदा आफ्नै परिवारका सदस्यले योजनाबद्ध तरिकाले यादवको हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी प्रवीण पोखरेलका अनुसार ३४ वर्षीय यादवलाई सम्पत्ति दिनुपर्ने भएपछि २५ लाख रुपैया दिने सर्तमा आफ्नै कान्छो बुबा लगाएतका परिवारका सदस्यहरुको सहमतिमा हत्या गरेको खुल्न आएका हो ।

यादवलाई मदिरा खुवाउने निहुँमा मदिरामा सिलिपिङ ट्याव्लेट खुवाएर बेहोस गराएको र अन्त्यमा हत्या गरी आगो लगाएको प्रहरी प्रमुख पोखरेलको भनाइ छ ।

मृतक यादवका बुवा रामशुभग यादवको ३२ वर्ष अगाडि सर्पले टोकेर मृत्यु भएको तथा मृत्यु पश्चात आफ्नी आमाले कान्छो बुवा (काका) रामवेलास यादवसँग विवाह गरी बसेकी थिइन् । उनी १५ १६ वर्षको उमेरमा भारतको मुम्बईमा गएको र झण्डै १५ वर्ष त्यही बसेको प्रहरी जनाएको छ ।

यादवको नेपाल आएर अंश माग्न लागेपछि उनको हत्याको योजना बनेको थियो । ।उक्त कुरा थाहा पाएपछि मृतक यादव घरपरिवारबाट छुटेर डेरामा बस्दै आएका थिए ।

परिवारसँग अंश माग्दा सहजै अंश नपाएपछि उनले जिल्ला अदालत रुपन्देहीमा ०७६ मा अंश मुद्दा हालेका थिए । उनले हालेका मुद्धामा जिल्ला अदालतले तीन कित्ता वापत २९ कठ्ठा जग्गा पाउने गरी मिलापत्र गराएको थियो । उनले पाउने जग्गालाई कसै गरी नदिने योजना अनुसार परिवारकै सहमतिमा उनको योजनाबद्ध हत्या भएको प्रहरी निष्कर्ष छ ।

प्रहरीले घटनामा संलग्न भएका मृतक यादवका कान्छो बुबा रामवेलास यादव, मुख्य योजनाकार बुद्धिराम कोहार, मृतकका भाई बिरेन्द्र यादव, कवुल लिने सन्तकुमार यादव, सहयोगी राकेश यादव, अफताव मुसलवानलाई पक्राउ गरेको छ । घटनामा संलग्न मध्यस्तकर्ता लङ्गारे भन्ने इन्द्रजित यादव र मुख्य व्यक्ति सोनु मुराउ फरार रहेको प्रहरीको भनाइ छ ।

उनका कान्छो बुबाले उनलाई मार्नका लागि मान्छे मारेपश्चात पाउने गरी २५ लाख रकम वा १ कठ्ठा जग्गा दिने कबुल गरेको बुझिएको छ ।

यादवको हत्याका लागि बुद्धिराम कोहारले एकपटक बीस हजार र अर्को पटक ५० हजार राम वेलाससँग लिएको खुलेको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ६ : ०५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष