७ आश्विन २०८३, बुधबार | September 23, 2026

सात दिनभित्र आफै उपस्थित भएर जवाफ दिन प्रधानमन्त्रीलाई सर्वोच्च अदालतको आदेश



काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात*  दिनभित्र आफै उपस्थित भएर अदालतको मानहानी मुद्दामा जवाफ दिन आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीस मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ५ दिनभित्र अदालतमा आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको हो ।

कानुन व्यवसायीहरूले अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीलाई अदालतमा स–शरीर उपस्थित गराएर बयान लिई कारबाही गर्नुपर्ने माग गरेका थिए ।

 

यसैगरी सर्वोच्चले चारजना पूर्व प्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि बाटोको म्यादबाहेक ५ दिनभित्र अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको छ।

अदालतमा विधाराधीन मुद्दामा अभिव्यक्ति दिएको, वरिष्ठ अधिवक्ता र वकिलहरुलाई तमासा देखाउन अदालत गएको जस्ता अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री विरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन हालेका थिए ।

यस्तै पूर्वप्रधानन्यायाधीसहरुले प्रतिनिधिसभा विघटनबारे विज्ञप्ति जारी गरेको भन्दै त्यसबाट अदालतको मानहानी भएको आरोपमा अधिवक्ताद्वय धनजित बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए ।

यसैगरी, र पूर्वसभामुख ढुंगानाले न्यायाधीसलाई जनताले तानेर सडकमा ल्याउँछन् भन्ने अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध अधिवक्ता राजाराम घिमिरेले रिट निवेदन दर्ता गराएका थिए ।

अदालतको अवहेलनामा दोषी ठहर भएमा एक वर्ष कैद सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

 

*सात दिनभित्र हुनुपर्नेमा यसअघि पाँच दिनभित्र भएकोमा सच्चाएका छौं

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ५ : ०२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई