७ चैत्र २०८२, शनिबार | March 21, 2026

सहकर्मीहरुले कोरोनाविरुद्धको खोप लगाईरहँदा बाँकेमा सिनियर अनमीको कोरोना संक्रमणबाट मृत्यु



नेपालगन्ज । देशैभरी फ्रन्ट लाईनका स्वास्थ्यकर्मीहरुले कोरोनाविरुद्धको खोप लिई रहँदा बाँकेमा भने फ्रन्टलाईनमै कार्यरत एकजना स्वास्थ्यकर्मीको कारोना संक्रमणका कारण मृत्यु भएको छ । शुक्रबार बिहनै बाँकेमा कोरोना भाईरस संक्रमणका कारण एक स्वास्थ्यकर्मीको मृत्यु भएको हो ।

बाँकेको बैजनाथ गाउँपालिकाको टिटेहरिया स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रमा भारतीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेकी भारतीको आज विहान ५ः२७ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताए ।

कोरोना संक्रमण पुष्टि भएपछि अनमी भारती गत माघ १३ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिईन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले कोभिड माहामारी नियन्त्रण, निदान र उपचारमा फ्रन्टलाइनमा खटिएर काम गर्दै गर्दा कोरोना संक्रमण भइ उपचारका क्रममा अनमी भारतीको निधनले कुशल र पेशाप्रति समर्पित रास्ट्रसेवक कर्मचारी गुमाउनु परेको बताएकाछन् । शहिद दिवसकै दिन कुशल र कत्श्यनिष्ट स्वास्थ्य कर्मचारी गुमाउनु परेको भन्दै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले सामाजिक संजालमार्फत सार्वजनिक रुपमा दुःख व्यक्त गरेका छन ।

मृतक भारती स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका धर्मपत्नी हुन् ।

यससँगै बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सँख्या ५२ पुगेको छ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ११ : १४ बजे

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु