२६ बैशाख २०८१, बुधबार | May 9, 2024

बुटवलमा सुरु भयो लुम्बिनी प्रदेशका औषधी व्यवसायीहरुको प्रादेशिक भेला



बुटवल । औषधी व्यवसायीहरुकोे प्रादेशिक भेला बुटवलमा सुरु भएको छ । भेलाको उदघाटन लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरे । उदघाटन कार्यक्रममा कार्यक्रममा बोल्दै प्रदेशका समाजिक विकास मन्त्री सुर्दशन बरालले विगतमा जस्तै औषधि व्यवस्था तथा उपचारका लागि देशको राजधानी काठमाण्डौं धाउनुपर्ने समस्यालाई अन्त्य गर्ने लक्ष्यका साथ लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको बताए ।

उनले औषधि व्यवस्था विभागमा अझै पनि जनशक्ति व्यवस्थापनको समस्या रहेको बताउँदै उनले त्यसका लागि संघीय सरकारले प्रदेशलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने विचार व्यक्त गरे ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई विभागमा जनशक्तिको समस्यालाई स्वीकार गर्दै विभागलाई व्यवस्थीत गर्दै लगिने बताए ।

संघीय संचरना अनुसार संघको संरचना गठन गर्नका लागि प्रथम अधिवेशन बुटवलमा भएको हो । अधिवेशनले आगामी ३ वर्षका लागि प्रदेश स्तरको नेतृत्व चयन गर्दै छ ।

लुम्बिनी प्रदेश तदर्थ समितिका संयोजक शिव ज्ञवालीले व्यवसायीहरुको कार्य क्षमताका लागि व्यवसाय सहायक तालिम, संस्था नविकरणमा देखिएका समस्या तथा विभिन्न ठाउँ र शिर्षकमा सरकारलाई तिर्नु पर्ने कर लगायतका विषयमा औषधि व्यवस्था विभागलाई ध्यानाकर्षण गराएका छन् । रुपन्देही जिल्ला अध्यक्ष सुरज भट्टराईका अनुसार व्यवसायी संघले प्रकाशन गरेको ‘औषधी व्यवसायी सन्देश’ नामक पुस्तक समेत विमोचन गरिएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ८ : ५३ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s