७ चैत्र २०८२, शनिबार | March 21, 2026

बुटवलमा सुरु भयो लुम्बिनी प्रदेशका औषधी व्यवसायीहरुको प्रादेशिक भेला



बुटवल । औषधी व्यवसायीहरुकोे प्रादेशिक भेला बुटवलमा सुरु भएको छ । भेलाको उदघाटन लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरे । उदघाटन कार्यक्रममा कार्यक्रममा बोल्दै प्रदेशका समाजिक विकास मन्त्री सुर्दशन बरालले विगतमा जस्तै औषधि व्यवस्था तथा उपचारका लागि देशको राजधानी काठमाण्डौं धाउनुपर्ने समस्यालाई अन्त्य गर्ने लक्ष्यका साथ लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको बताए ।

उनले औषधि व्यवस्था विभागमा अझै पनि जनशक्ति व्यवस्थापनको समस्या रहेको बताउँदै उनले त्यसका लागि संघीय सरकारले प्रदेशलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने विचार व्यक्त गरे ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई विभागमा जनशक्तिको समस्यालाई स्वीकार गर्दै विभागलाई व्यवस्थीत गर्दै लगिने बताए ।

संघीय संचरना अनुसार संघको संरचना गठन गर्नका लागि प्रथम अधिवेशन बुटवलमा भएको हो । अधिवेशनले आगामी ३ वर्षका लागि प्रदेश स्तरको नेतृत्व चयन गर्दै छ ।

लुम्बिनी प्रदेश तदर्थ समितिका संयोजक शिव ज्ञवालीले व्यवसायीहरुको कार्य क्षमताका लागि व्यवसाय सहायक तालिम, संस्था नविकरणमा देखिएका समस्या तथा विभिन्न ठाउँ र शिर्षकमा सरकारलाई तिर्नु पर्ने कर लगायतका विषयमा औषधि व्यवस्था विभागलाई ध्यानाकर्षण गराएका छन् । रुपन्देही जिल्ला अध्यक्ष सुरज भट्टराईका अनुसार व्यवसायी संघले प्रकाशन गरेको ‘औषधी व्यवसायी सन्देश’ नामक पुस्तक समेत विमोचन गरिएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ८ : ५३ बजे

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम