४ पुस २०८२, शुक्रबार | December 19, 2025

हेलम्बुको हिमालयन पदमार्ग निर्माणमा तीव्रता



चौतारा । पर्यटकीय दृष्टिले उत्कृष्टमा पर्ने सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माण भइरहेको हिमालयन ग्रेट ट्रेल (पदमार्ग) निर्माणमा तीव्रता आएको छ ।

हालसम्म २६० मिटर सम्पन्न भएको छ भने नागीडाँडाको बुद्धपार्क र सेर्माथाङ दुवैतिरबाट काम सुरु भएकाले यस वर्ष ३०० मिटर सम्पन्न गर्ने लक्ष्य रहेको पालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

चालु आर्थिक वर्षमा थप एक हजार २७५ मिटर पदमार्ग निर्माण गर्न पर्यटन विभागबाट चार करोड रुपैयाँमा बोलपत्र स्वीकृत भएको छ । विभागको बजेट भए पनि पालिकाकै रेखदेखमा निर्माण हुने र सम्झौतामा जे-जस्तो उल्लेख भए पनि कामको परिमाणबाट मात्र यकिन हुने विभागका इन्जिनियर सचिन यादवले जानकारी दिए ।

बहुवर्षीय योजनाअन्तर्गत कुल ६० किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको र यसका लागि करिब तीन अर्ब ५० करोड रुपैयाँ बजेट लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा उल्लेख छ । चीनको ग्रेटवालको झझल्को दिनेखालको उक्त पदमार्ग आकर्षक र मनमोहक देखिन्छ ।

कडा चट्टानको ढुंगा काटेर इँटा आकारमा तयार गरी निर्माण गरिने हुँदा खर्चिलो हुनाका साथै बढी समय पनि लाग्ने गरेको छ । सिमेन्टको जोडाइमा दुई मिटर चौडाइको सिँढी तयार गरी दुवैपट्टि ६० सेन्टिमिटरको पर्खाल निर्माण गरिएको पालिकाका सबइन्जिनियर शेरबहादुर राईले बताए ।

निर्माणको पहिलो रुटमा हेलम्बु गाउँपालिका-१ स्थित नागीडाँडा, बुद्धपार्क, सेर्माथाङ, ज्योमोथाङ, आमायाङ्ग्री, भेमटाङ हुँदै गाङजाला भञ्ज्याङमा टुंगिनेछ । दोस्रो रुटमा हेलम्बु-६ को घोप्टेघ्याङ, पाकेडाँडा, ढाडेपार्टी सेमिमिदाङ हुँदै गाङजालामै टुंगिनेछ ।

दुवैतिरबाट काम सुरु भएको पदमार्ग अन्तिम विन्दुमा पुगेपछि अर्ध चन्द्राकारको हुनेछ । सम्पन्न भएपछि प्रख्यात धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड आवतजावतमा समेत सहजता हुने विश्वास गरिएको छ । रासस

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ७ : १४ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा