४ पुस २०८२, शुक्रबार | December 19, 2025

विश्व कुष्ठरोग दिवसमा बुटवल उपमहानगरपालिकाद्धारा सचेतना तथा अन्तरक्रिया कार्यक्रम



बुटवल । ‘कोरोना महामारीमा हाम्रो संमयता, समयमा नै कुष्ठरोग व्यवस्थापनमा सक्रियता’ भन्ने मुल नाराका साथ बुटवल उपमहानगरपालिका स्वाथ्य महाशाखाको आयोजनामा ६८ औ विश्व कुष्ठरोग दिवसको अवसरमा अन्तरक्रिया तथा सचेतनामुलक कार्यक्रम गरी मनाईएको छ ।

नगर भित्र रहेका कुष्ठ प्रभावित व्याक्तिहरु, नगरभित्र रहेका स्वाथ्यचौकी, उप स्वाथ्य चौकी, नगर स्वाथ्य केन्द्र लगायत जनप्रतिनिधि र सरोकारवालाहरुको सभागीतामा दिवस मनाईएको हो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उप प्रमुख गुमादेवी आचार्यले कुष्ठरोग निवारण अभियानमा बुटवल उपमहानरपालिकाले उल्लेखनिय भुमिका निर्वाह गर्ने बताईन ।

उनले रोगको विषयमा सचेतना आवश्यक रहेको भन्दै यसको लागि उपनगरपालिकाले स्थानिय स्तरमा समेत सचेतनामुलक कार्यक्रम जारी राखेको बताईन ।

कार्यक्रममा बुटवल उपमहानरपालिका जनस्वाथ्य शाखा प्रमुख उमा थापाले नेपालमा कुष्ठरोगको अवस्था, बच्ने उपाय, लक्षण लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन ।

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत चक्रपाणी शर्मा, शिक्षा तथा स्वाथ्य महाशाखा प्रमुख तथा सूचना अधिकारी मित्र मणि खनाल, नगरपालिका स्वाथ्य शाखा कल्पना पोखरेल लगायतले आ-आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ५ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको