२० माघ २०८२, मंगलबार | February 3, 2026

नागरिक अगुवाको आरोप : अस्थिरता निम्त्याउन विदेशी शक्ति लागिपरे



काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले सिर्जनात्मक रुपमा आन्दोलन गरेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा ‘बृहत् नागरिक आन्दोलन’ द्वारा  आइतबार काठमाडौंको सिफलस्थित शहीद धर्मभक्त माथेमाको शालिकमुनि आयोजित कार्यक्रममा बोल्दै नागरिक अगुवाहरुले नेपालमा अस्थिरता निम्त्याउन विदेशी शक्तिकेन्द्र लागि परेको बताएका हुन् । उनीहरुले नेपालको निर्वाचन प्रणाली भड्किलो भएको भन्दै त्यसबाट भ्रष्टाचार बढेको समेत बताए ।

शिक्षाविद् केदारभक्त माथेमाले सरकारले संवैधानिक अंगहरुमाथि हस्तक्षेप बन्द गर्नुपर्ने माग गरे । सरकारले विश्वविद्यालय लगायत राज्यका कुनैपनि निकायमा राजनीतिक हस्तक्षेप गर्न नहुने, संघीयताप्रति सरकारको प्रतिबद्धता हुनुपर्ने र समाजवादको प्रतिबद्धता हुनुपर्ने माथेमाको भनाइ छ ।

माथेमाले संसद् पुनर्स्थापना भएरमात्रै सबै कुरा समाधान नहुने भन्दै देशमा देखिएका भयानक विकृतिको अन्त्य गर्नुपर्ने जिकिर गरे । उनले निर्वाचन प्रक्रियालाई भड्किलो बनाएका कारण भ्रष्टाचार बढ्ने भन्दै अहिलेको अवस्थामा देशले निर्वाचन धान्न नसक्ने बताए ।

लेखक खगेन्द्र संग्रौलाले नागरिक आन्दोलनको मर्म संसद पुर्नस्थापना र संविधानको रक्षा गर्नुमात्रै नभएर संविधान संशोधन गराउनेसम्म रहेको बताए । नागरिक आन्दोलनको शक्ति बढ्दै गएमा संविधान पुनर्लेखनको माग आफुहरुको रहेको उनको भनाइ छ ।

राजनीतिक विश्लेषक तुलानारायण साहले नेपालका राजनीतिक दल नफुटाउन विदेशी दुतावासलाई सचेत गराए ।

उनले राजदूतलाई महामहिमज्यू नै भनी संबोधन गर्दै भने, ‘पार्टीलाई फुटाएपछि आफ्नो गेम खेल्ने बाटो सहज हुन्छ भन्ने खेलमा कृपया महामहिमज्यूहरु नलागिदिनुस् ।’

कार्यक्रममा समाजका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले प्रतिनिधि सभा विघटनको विरोधमा आफ्नो कला तथा सिर्जनाको माध्यमबाट बिरोध प्रदर्शन गरे ।

‘प्रतिगमनका विरुद्ध बृहत् नागरिक आन्दोलन’ नाम दिईएको आन्दोलनमा साहित्यकार, लेखक, पत्रकार, प्राध्यापक, गीतसंगीतका श्रष्टा, विद्यार्थी लगायत नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कविता बाचन तथा सांगितिक प्रस्तुती राखिएको थियो । नागरिक आन्दोलनमा समसामयिक राजनीतिक परिवेशसँग सम्बन्धित कार्टुन तथा प्लेकार्डहरु पनि प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ६ : १९ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि