२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नागरिक अगुवाको आरोप : अस्थिरता निम्त्याउन विदेशी शक्ति लागिपरे



काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले सिर्जनात्मक रुपमा आन्दोलन गरेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा ‘बृहत् नागरिक आन्दोलन’ द्वारा  आइतबार काठमाडौंको सिफलस्थित शहीद धर्मभक्त माथेमाको शालिकमुनि आयोजित कार्यक्रममा बोल्दै नागरिक अगुवाहरुले नेपालमा अस्थिरता निम्त्याउन विदेशी शक्तिकेन्द्र लागि परेको बताएका हुन् । उनीहरुले नेपालको निर्वाचन प्रणाली भड्किलो भएको भन्दै त्यसबाट भ्रष्टाचार बढेको समेत बताए ।

शिक्षाविद् केदारभक्त माथेमाले सरकारले संवैधानिक अंगहरुमाथि हस्तक्षेप बन्द गर्नुपर्ने माग गरे । सरकारले विश्वविद्यालय लगायत राज्यका कुनैपनि निकायमा राजनीतिक हस्तक्षेप गर्न नहुने, संघीयताप्रति सरकारको प्रतिबद्धता हुनुपर्ने र समाजवादको प्रतिबद्धता हुनुपर्ने माथेमाको भनाइ छ ।

माथेमाले संसद् पुनर्स्थापना भएरमात्रै सबै कुरा समाधान नहुने भन्दै देशमा देखिएका भयानक विकृतिको अन्त्य गर्नुपर्ने जिकिर गरे । उनले निर्वाचन प्रक्रियालाई भड्किलो बनाएका कारण भ्रष्टाचार बढ्ने भन्दै अहिलेको अवस्थामा देशले निर्वाचन धान्न नसक्ने बताए ।

लेखक खगेन्द्र संग्रौलाले नागरिक आन्दोलनको मर्म संसद पुर्नस्थापना र संविधानको रक्षा गर्नुमात्रै नभएर संविधान संशोधन गराउनेसम्म रहेको बताए । नागरिक आन्दोलनको शक्ति बढ्दै गएमा संविधान पुनर्लेखनको माग आफुहरुको रहेको उनको भनाइ छ ।

राजनीतिक विश्लेषक तुलानारायण साहले नेपालका राजनीतिक दल नफुटाउन विदेशी दुतावासलाई सचेत गराए ।

उनले राजदूतलाई महामहिमज्यू नै भनी संबोधन गर्दै भने, ‘पार्टीलाई फुटाएपछि आफ्नो गेम खेल्ने बाटो सहज हुन्छ भन्ने खेलमा कृपया महामहिमज्यूहरु नलागिदिनुस् ।’

कार्यक्रममा समाजका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले प्रतिनिधि सभा विघटनको विरोधमा आफ्नो कला तथा सिर्जनाको माध्यमबाट बिरोध प्रदर्शन गरे ।

‘प्रतिगमनका विरुद्ध बृहत् नागरिक आन्दोलन’ नाम दिईएको आन्दोलनमा साहित्यकार, लेखक, पत्रकार, प्राध्यापक, गीतसंगीतका श्रष्टा, विद्यार्थी लगायत नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कविता बाचन तथा सांगितिक प्रस्तुती राखिएको थियो । नागरिक आन्दोलनमा समसामयिक राजनीतिक परिवेशसँग सम्बन्धित कार्टुन तथा प्लेकार्डहरु पनि प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ६ : १९ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ