११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

म्यानमारमा सैनिक ‘कु’, १ वर्षसम्म संकटकालको घोषणा



दक्षिणपूर्वी एशियाली देश म्यानमारमा पुन: सैनिक ‘कु’ भएको छ ।

म्यानमारको सेनाले सत्तारूढ दल नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी  सर्वोच्च नेता आङ सान सू चीलाई हिरासतमा लिएको छ । राजधानी नेपिटाप र मुख्य शहर याङ्गुनका सडकमा ठूलो संख्यामा सैनिकले गस्ती गरिरहेका छन् । सेनाले १ वर्षसम्म संकटकालको घोषणा गरेको छ ।

राष्ट्रपति विन मिन्ट, सरकारका सबै मन्त्रीहरू, मुख्यमन्त्री, सांसदहरू, एनएलडीका वरिष्ठ नेताहरूलाई सेनाले नियन्त्रणमा लिएपछि संचार सम्पर्क विच्छेद भएको म्यानमारबाट नेपाली पत्रकार दीपक भट्टराईले ट्वीट गरेर जानकारी गराएका छन् ।

राति २ बजेदेखि सेनाले नियन्त्रणमा लिएको अवस्थालाई भट्टराईले नेपालमा २०६१ माघ १९ को घटनासँग तुलना गरेका छन् ।

भट्टराईका अनुसार बर्मेली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यद्यपी, त्यहाँका विश्लेषकहरूले भने देशमा ‘कु’ नभै संकटकाल मात्रै लागेको बताएका छन्

केही समयअघि देखि सरकार र सेनाबीच राजनीतिक तनाब बढ्दै गएको थियो । तनाबका बीच सत्तापलटको आशंका गरिएको बीबीसीले उल्लेख गरेको छ

सत्तारूढ एनएलडीले गत नोभेम्बरमा भएको निर्वाचनमा अत्याधिक बहुमत प्राप्त गरेको थियो । कुल ४७६ सिटमध्ये एनएलडीले ३९६ सिट जितेको थियो । सेना समर्थक पार्टीले भने ३३ सिटमा खुम्चिएको थियो ।  सेनाले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएको थियो । सेनाले अब आज सोमबार बस्ने भनिएको संसद बैठकलाई रद्द गरेको छ ।

म्यानमारमा सन् १९६२देखि सन् २०११ सम्म सैनिक शासन चल्दै आएको थियो । नेतृ सु की कैयौं वर्षसम्म घरमै नजरवन्दमा राखिएकि थिइन । तर, पछि सेनासँग सहमति भएपछि लोकतान्त्रिक पद्दतिद्वारा सन् २०१५मा जननिर्वाचित सरकार र संसद स्थापना भएको थियो । नेतृ सु की देशको सर्वोच्च नेतृ बनेकी थिइन भने सेना र राजनीतिक दलहरू सम्मिलत संसद एवं एनएलडी नेतृत्वमा सरकार बनेको थियो  ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ६ : ४१ बजे

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने

वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले वीरगञ्ज महानगर क्षेत्रमा चार