१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रचण्ड-नेपाल नेकपाको केन्द्रीय कमिटी बैठक जारी



काठमाडौं । प्रचण्ड–नेपालले नेतृत्व नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्दीय कमिटी बैठक अहिले बसिरहेको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसिरहेको बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गर्ने बताइएको छ । ओलीलाई साधारणसदस्यबाट हटाउने निर्णय यसअघि स्थायी कमिटी बैठकले गरिसकेको छ । सोही निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।

यसैगरी बैठकले निर्वाचन आयोगले पाटीको आधिकारिकताका सम्बन्धमा गरेको व्याख्याबारे पनि छलफल गरी आवश्यक निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई दिनसक्ने एक नेताले बताएका छन् ।

बैठकमा प्रतिगमन विरुद्ध जारी आन्दोलनको समीक्षा र आगामी २८ गते गर्न लागेको काठमाडौंको जनसभाको तयारीबारे समेत छलफल हुने ती नेताले बताएका छन् । नेकपा पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेपछि नेकपा विभाजन भैसकेको छ ।

प्रचण्ड नेपाल पक्ष ओलीको प्रतिगमन विरुद्ध आन्दोलनमा रहेको छ ।

 

 

 

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ३ : ०० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज