११ चैत्र २०८२, बुधबार | March 25, 2026

प्रचण्ड-नेपाल नेकपाको केन्द्रीय कमिटी बैठक जारी



काठमाडौं । प्रचण्ड–नेपालले नेतृत्व नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्दीय कमिटी बैठक अहिले बसिरहेको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसिरहेको बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गर्ने बताइएको छ । ओलीलाई साधारणसदस्यबाट हटाउने निर्णय यसअघि स्थायी कमिटी बैठकले गरिसकेको छ । सोही निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।

यसैगरी बैठकले निर्वाचन आयोगले पाटीको आधिकारिकताका सम्बन्धमा गरेको व्याख्याबारे पनि छलफल गरी आवश्यक निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई दिनसक्ने एक नेताले बताएका छन् ।

बैठकमा प्रतिगमन विरुद्ध जारी आन्दोलनको समीक्षा र आगामी २८ गते गर्न लागेको काठमाडौंको जनसभाको तयारीबारे समेत छलफल हुने ती नेताले बताएका छन् । नेकपा पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेपछि नेकपा विभाजन भैसकेको छ ।

प्रचण्ड नेपाल पक्ष ओलीको प्रतिगमन विरुद्ध आन्दोलनमा रहेको छ ।

 

 

 

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ३ : ०० बजे

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।