११ चैत्र २०८२, बुधबार | March 25, 2026

निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने प्रचण्ड-नेपाल नेकपाको निर्णय



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको छ ।

काठमाडौंको बबरमहलस्थित एक पार्टी प्यालेसमा सोमबार बसेको नेकपा केन्द्रीय कमिटी बैठकले आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले यसअघि नेकपाका दुवै समुहको दाबीलाई अस्वीकार गरेको थियो । तर, पार्टीका बहुसंख्यक सदस्य आफ्नो पक्षमा रहेको भन्दै प्रचण्ड-नेपाल पक्षले आयोगमा आधिकारिकताको दाबी पेश गर्ने भएको हो ।

निर्वाचन आयोगको यसअघिको पत्रबारे लिखित जवाफसहित आयोगमा जाने निर्णय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । ‘आयोगको जिम्मा दिएका साथीहरुले यसबारे निर्णय गर्नुहुन्छ’, श्रेष्ठले भने ।

बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निस्काशन गर्ने निर्णय पनि गरेको छ । ओलीलाई स्थायी कमिटी बैठकले साधारण सदस्यबाट हटाउने गरेको निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने यसअघि स्थायी समितिले गरेको निर्णय अनुमोदन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यसैगरी महासचिवबाट विष्णु पौडेललाई हटाउने समेत नेकपाले निर्णय गरेको छ ।

बैठकले माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध सभालाई अहिलेसम्मकै ठूलो र ऐतिहासिक बनाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : १४ बजे

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित