५ श्रावण २०८३, मंगलबार | July 22, 2026

आइएमई मोटर्सद्वारा ग्राहकलाई भाइकिङ २२२ मोडलका बस हस्तान्तरण



काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.ली.द्वारा प्रवर्द्धित अशोक लेलैण्डले आफ्ना ग्राहकहरुलाई भाइकिङ २२२ मोडलका बसहरु हस्तान्तरण गरेको छ ।

‘काठमाडौंमा एक कार्यक्रम गरी कम्पनीले ती बसहरु हस्तान्तरण गरेको हो । कम्पनीका अनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडीका मोडलहरु २०२१ का रहेका छन् । साथै यो अवसरमा एकसयवटा भन्दा भाइकिङ २२२ सडकमा गुडिरहेको पनि कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सोमबार डेलिभरी गरिएका २०२१ मोडलका बसहरु यस वर्ष पहिलो पटक नेपालमा गुड्ने छन् । गाडी लिने मध्ये एक ग्राहकले भनेका छन्, ‘यो गाडी मैले पहिलो पल्ट लिएको हैन, म सँग १० ओटा Viking बसहरु छन्, जुन अहिले पनि पुर्व पश्चिम रुटहरुमा मज्जाले चल्दै आएका छन् । ग्राहकहरुको माग अनुसार आरामदायी यात्रा साथै राम्रो कमाई हुने भएकाले मैले Viking 222 लाई नै रोजे र साथिहरुलाई अरु ब्राण्डतिर नजानपनि सलाह दिन्छु ।

Viking 222, रुट बसमा चल्ने बस मध्ये सबैभन्दा रुचाएको बस हो । यसमा इनलाईन फ्युल पम्प हुनुका साथै एचसिरिज इन्जिन रहेको छ, जसले गर्दा इन्धन कम खपत हुन्छ, साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ ।

Viking 222मा ओभर ड्राईभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एचपी इन्जिनको साथमा द्रुतगतिको आरामदायी यात्रा गर्न सकिन्छ । रियर एयल सस्पेन्शन, डाइरेक्ट ड्राइभ, इनलाईन फ्युलपम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडी भन्दा फरक र बिश्वासिलो रहेको सेल्स हेड सुशिल सुबेदीले बताए । ।

नेपालमा हरेक लामो दुरी रुटमा भाइकिङ गाडीहरु चल्दै आएका छन् । अत्याधिक मागअनुसार कम्पनीले ग्राहकहरुलाई बिशेष सर्भिस पनि दिँदै आएको छ ।

आफ्ना १३ ओटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुदाकुनै पनि ठाउँमा गाडी बिग्रिएमा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।

 

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ५ : ५५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं