३ चैत्र २०८२, मंगलबार | March 17, 2026

प्रतिनिधिसभा विघटनको कदम सच्याउनुुपर्छ : नेता सिंह



काठमाडौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको कदम सच्याउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

कांग्रेसका भ्रातृ संस्थाले आज यहाँ आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा बहुमत प्राप्त दलका प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने व्यवस्था स्पष्ट रुपमा उल्लेख भएको तथा संविधानको मस्यौदा बनाउँदा सो विषयमा व्यापक छलफल गरिएको धारणा व्यक्त गरे ।
न्यायमूर्तिहरुले संविधानमा भएको व्यवस्थानुसार न्यायिक निर्णय गर्ने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, काठमाडौँ कांग्रेसका सभापति कृष्ण बानियाँ, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्री मनोज वैद्यलगायतले प्रतिनिधिसभा विघटनको विरोध गरेका थिए । कांग्रेसका १३ वटै भ्रातृ संस्थाले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आज ७७ जिल्लामै संयुक्त रुपमा एकसाथ प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ६ : ३२ बजे

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी