२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बडिमालिकामा हेलिकोप्टर टुरु सेवा सुरु



बाजुरा । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा रहेको प्रसद्धि धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकमा हेलिकोप्टर टुर सेवा सुरु भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको सुविधाको लागि हेलिकोप्टर सेवा सुरु गरिएको हो ।

खप्तड होम स्टेको सहयोगमा यो वर्ष दिपायल देखी बाजुराको बडिमालिका सम्म हेली टुरुको सुभारम्भ भएको खप्तड होम स्टेका संचालक दिपक खड्काले बताएका छन ।

आइतबार पहिलो उडानमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मी र बोर्डका सदस्य कृष्ण महराले उक्त हेली टुरको शुभारम्भ गरेको खप्तड होम स्टेका संचालक खड्काले जानकारी दिए ।

डोटीको दिपायलदेखि बडिमालिका सम्मको हेली टुर माघ २५ गते सम्म प्याकेज रहेको उनले बताएका छन ।

खप्तड बडिमालिका दर्शनका लागि नेपाल पर्यटन बोर्डका सीईओ रेग्मी , एनटिए केन्द्रका अध्यक्ष अच्युत गुरागाई र पर्यटन व्यवसायी कृष्णबहादुर महरा लगायत केही पर्यकहरुले खप्तड बडिमालिका दर्शन गरेको होटल तथा पर्यटन ब्यवसायी महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष खड्काले बताए ।

सुदुरपश्चिमकै धरोहरको रुपमा रहेको बाजुराको बडिमालिका र खप्तडको पर्यटन प्रबद्धन गर्न माउन्टेन हेलिकप्टरको समन्वय तथा खप्तड होम स्टेको सहयोगमा सो प्याकेज ल्याएको उनको भनाइ छ ।

सुदुरपश्चिमका पर्यटन क्षेत्रको बिकाश र पर्यटन प्रबद्धन गर्न उनले हेली प्याकेजका साथै अन्य विकासका लागि केही गर्न सकिन्छ कि भनेर यस्तो सेवाको प्याकेज बनाएको खड्काले बताए ।

‘धर्तीको स्वर्ग बडिमालिका जाँउ, धार्मिक महिनामा पुण्य कमाउँ’ भन्ने मुल नाराका साथ हेलिकप्टरबाट दिपायल–बडिमालिका प्रतिव्यक्ति २७ हजार ५ सय रहेको छ । सो हेलिकोप्टरमा चार जना व्यक्ति अनिवार्य हुनुपर्ने नियम राखिएको छ ।

बडिमालीका सुदुरपश्चिमको एक धार्मीक तथा पर्यटकी क्षेत्रमा निकै महत्वपुर्ण देखिन्छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ९ : ४७ बजे

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण