७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

खेलकुदबारे प्रधानमन्त्री ओलीको बुझाई, – लडाईंमा नहार्ने देश यत्रा यत्रा डल्लासँग किन हार्ने ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा पक्षधरता बिना छनौट गर्न सुझाव दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडांैमा गरेको खेलकुदसंग प्रधानमन्त्री अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

विगतमा जित्न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएको दृष्टान्त दिदै ओलीले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिम देखि खेलप्रतियोगिता सम्मका खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिए । उनले गत बर्ष नेपालले सागमा प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धि भएको भन्दै जुनसुकै खेल पनि पदक पाउने गरी खेल्नुपर्ने धारणा राखे ।

सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलब्धीको रुपमा लिएको स्पष्ट गर्दै ओलीले अभ्यासलाई जित्ने तहमा उठाउनु जरुरी रहेको भन्दै उहाँले राम्रो प्रशिक्षक र आधुनिक प्रविधि प्रयोग गर्न सुझाव दिए । खेलकुद क्षेत्र उत्पादक कि अनुत्पादक भनी चर्चा हुने गरेको प्रसंग उल्लेख गर्दै उनले बिजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको बताए ।

हारजीतको ठूलो महत्व रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपाल कहिल्यै नहारेको देश रहेकाले खेलमा पनि जितका लागि खेल्न आग्रह गरे । उनले भने, “लडाईमा नहार्ने देश यत्रा यत्रा डल्लासँग किन हार्ने ? खेल भन्या के हो ?  एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा बल हान्ने हो, त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्फु र भारत्तोलनमा किन हार्ने ? ” अशान्ति जित र हारका आधारमा हुने भन्दै ओलीले भने“संसद भंग भईसक्यो चुनाव हुन लागिसक्यो, हुनुहुदैन भनेर कराईरहेका छन् त्यो जितका लागि हो ।”

प्रधानमन्त्री ओलीले जीतका लागि अतिआवश्यक, अपरिहार्य र न्युनतम आवश्यकता परिपुर्ति गर्ने गरी सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । पछिल्लो समय आवश्यक सामान किन्नका लागि नभई राम्रो देखिएको सामान किन्नका लागि ‘सपिङ’मा निस्कने चलन देखिएको भन्दै उनले भने, “चाहिएको कपडा/सामान किन्नका लागि होइन, राम्रो देख्यो उठायो । सरकारले सपिङका लागि होइन,चाहिएको सामान किन्नका लागि सहयोग गर्न सक्छ । गच्छेअनुसारको सहयोग गर्छ । अगामी बर्ष पहिलेको बजेट भन्दा बढेर आउँछ । ”

नेपालको भूगोल अनुसारको खेल उत्पादन गरी प्रतियोगिताहरुमा त्यस्ता खेललाई सहभागी गराउन ओलीले परिषद्लाई सुझाव दिए । खर्चको कमी भयो भनेर सहभागता नै गुमाउने अवस्था आउन नदिने तर्फ पनि सचेत हुन उनले सुझाव दिए । उनले खेल जित्ने गरी तयारी गर्नुको साथै अत्याधिक सहभागीता गराउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले कोभिड १९ को संक्रमणको जोखिम न्यून हुदै आएको भन्दै अब अन्य क्षेत्र जस्तै खेलकुल क्षेत्र पनि छिटै पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे । उनले खेल क्षेत्रमा सरकारको सधै सहयोगी भूमिका रहने विश्वास दिलाए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय अन्तराष्ट्रिय प्रतिष्पर्धामा मात्रै नभई खेललाई स्वास्थ्य र सामान्य जीवनको अंग बनाउनुपर्ने बताए । खेललाई सबैले प्रतिरोध क्षमता वृद्धि गर्न र सामाजिक संस्कृति र जीवनपद्धतिको रुपमा स्थापित गर्नुपर्ने बताए ।

आरोग्यता, निरोगी र स्वस्थ्य जीवन जीउनका लागि हरेक उमेरका मानिसहरुले आफ्नो अनुकुलका खेलहरु खेल्नुपर्ने बताए । प्रधानमन्त्रीले विषयगत केन्द्रीत भएर गरिने खेलले स्वास्थ्यलाई राम्रो बनाउने बताउनुभयो । केही कठिनाई भएपनि खेलकुदले मान्छेको श्रम शक्तिलाई बढाउनुको साथै बहुपक्षीय फाइदा पु्याउने भएकाले सामाजिक व्यवहार र आचरणको रुपमा खेलकुदलाई जीवन पद्धती नै बनाउनुपर्नेमा जोड दिए । खेलकुदहरु सामान्य र विशिष्टिकृत भएको उल्लेख गर्दे उनले राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय रुपमा नै यसलाई प्रतिष्पर्धात्मक रुपमा अघि बढाउदै लैजानुपर्ने बताए ।

कार्यक्रममा परिषद्का सदस्य सचिव रमेश सिलवालले सरकारले खेलकुदमा लगानी बढाए त्यसबाट परिणाम पनि राम्रो निस्कने बताए । हरेक जनताको बीचमा खेलकुद पु्याउनु आवश्यक रहेको भन्दै सदस्यसचिव सिलवालले सरकारले भौतिक पुर्वाधार, तालिम लगायतमा लगानी गर्नु आवश्यक रहेको धारणा राखे । उनले उत्पादक क्षेत्रको रुपमा खेलमा राज्यले लगानी गरेमा आफुहरुले त्यसको सही परिणाम दिन तयार रहेको बताए ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ४ : २७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल