४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजको मौसम : पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात



काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव कायमै रहेको छ ।

हाल देशका पहाडी भू-भागको मौसममा आशिंक बदली रहेको छ । त्यस्तै देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ । आज विहान काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना छ । त्यस्तै देशका अन्य भू-भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती देशको पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ६ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको