१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

अनेरास्ववियूका विद्यार्थीद्वारा सबै क्याम्पस अगाडि चक्काजाम



काठमाडौं । प्रचण्ड-नेपाल पक्षको नेकपाका विद्यार्थीहरुले बुधबार बिहान सबै क्याम्पस अगाडि चक्काजाम गरेका छन् ।

पार्टीको तेस्रो चरणको आन्दोलनलाई सहयोग पुग्नेगरी आन्दोलनका कार्यक्रम घोषणा गरेको अनेरास्ववियूका विद्यार्थीहरुले आज चक्काजाम कार्यक्रम आयोजना गरेका हुन् ।

अनेरास्ववियूले माघ २१ गते हरेक क्याम्पस अगाडि चक्काजाम गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले नयाँ वानेश्वरमा मिन भवन क्याम्पस अगाडि संसद भवनको ठिक सामुन्ने केहीबेर चक्काजाम गरेका छन् । यसैगरी सानोठिमी क्याम्पस, आराआर क्याम्पस, ल क्याम्पस लगायत सबै क्याम्पस अगाडि चक्काजाम कार्यक्रम गरिएको अखिलले जनाएको छ ।

प्रचण्ड नेपाल नेकपाले माघ २८ गते काठमाडौंमै अहिलेसम्मकै विशाल सभा गर्ने दाबी गर्दै त्यसको तयारी गरिरहेको छ ।

 

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १० : ०९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम