८ बैशाख २०८१, शनिबार | April 20, 2024

मूल्यबृद्धिको बिरोधमा भैरहवामा चक्काजाम, सडकमै चियापान (फोटो फिचर)



भैरहवा । मूल्यबृद्धिको बिरोधमा भैरहवामा चक्काजाम  गरिएको छ । पेट्रोलियम पदाथ, खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुमा चरम मूल्यबृद्धि भएको भन्दै विरोधस्वरुप चक्काजाम गरिएको हो ।

अनेरास्ववियू, राष्ट्रिय यूवा संघ नेपाल र अखिल नेपाल महिला संघको सिद्धार्थनगर नगरकमिटीले चक्काजाम  गरेको हो । भैरहवाको मुख्य चोक बुद्ध चोकमा तीनै संस्थाले संयुक्त रुपमा साझ ५ बजेदेखि साढे ६ बजे सम्म चक्काजाम गरेका हुन् । चक्काजामले सिद्धार्थ राजमार्ग र भैरहवा तौलिहवा सडक केही समय अवरुद्ध रह्यो । नागरिकलाई सास्ती दिनु भन्दा पनि शान्तिपूर्ण रुपमा सरकारको विरोध स्वरुप बन्द चक्काजाम गरिएको हो ।

समान्य नागरिकले जीवन थेग्न नसक्ने गरी जनतालाई ढाड सेक्ने गरी भएको मुल्य बृद्धि तत्काल फिर्ता गर्नका लागि सरकारको ध्यानाकृष्ट होस भन्ने हेतुले पनि चक्काजाम  आवहान गर्न परेको अनेरास्ववियु केन्द्रिय कमिटि सचिवालय सदस्य लक्ष्मी केसीले बताइन ।

संयुक्त भातृ संगठनको चक्कजामले यात्रुहरुलाई सास्ती दिनुको साटो मनोरञ्जन समेत दिएका छन् । चक्कजाम गरेर संगठनका कार्यकर्ता तथा नेताहरुले सडकमै चिया पकाएर चियापान गरेका छन् । उनीहरुले दाउरा बालेर सडकमै चिया पकाएर यात्रु र उपस्थितलाइ चियापान गराएका थिए ।

चक्काजामअगावै अनेरास्वियुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापन पत्र बुझाएको छ । गठबन्धन सरकारले नियोजित ढङले मुल्यबृद्धिका लागि प्रोत्साहन गरिरहेको र पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्य बृद्धि गरेकोले बाध्य भएर चक्काजाम गर्नु परेको जनाएको छ ।

अनेरास्ववियू सिद्धार्थनगर नगरकमिटिका अध्यक्ष सुनिल खनाल नेर्तृत्वमा संगठनको टोलीले ले प्रजिअ तिवारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

फोटो : लक्ष्मी केसी

 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १० : २५ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन