१५ बैशाख २०८१, शनिबार | April 27, 2024

संवैधानिक आयोगमा नियुक्तिको विरोधमा प्रचण्ड-नेपाल नेकपाद्वारा भोलि आम हड्ताल आह्वान



काठमाडौं । सरकारले असंवैधानिक तरिकाले संवैधानिक आयोगमा नियुक्ति गरेको विरोधमा प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले देशव्यापी आमहड्तालको आह्वान गरेको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध अहिलेसम्म सडकसंघर्ष रहेको प्रचण्ड नेपाल पक्षले आम हड्ताल नै गर्न लागेको पहिलो पटक हो ।

आम जनतालाई सबैभन्दा बढी प्रभावित बनाउने हड्ताल जस्तो अप्रिय निर्णय लिन लागेको बारे पार्टीले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ । आम हड्ताल ओली नेकपाले काठमाडौंमै गर्न लागेको शक्ति प्रदर्शनको ठिक एक अघि अघि गर्न लागिएको छ ।

सरकारले विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेको पदमा जवरजस्ती नियुक्ति गरेपछि त्यसको सबैतिरबाट विरोध भएको छ । संसदीय सुनुवाई विना भएको नियुक्तिको विरोध गर्दै सभामुख अग्नि सापकोटा र उपराष्ट्रपति नन्दबहादुर पुनले सपथ ग्रहण समारोह बहिस्कार गरेका थिए

प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड नेपाल नेकपा पुष ५ गतेदेखि नै सडक आन्दोलनमा छ । माघ ९ गते काठमाडौंमा वृहत प्रदर्शन गरेको नेकपाले यही माघ २८ गते काठमाडौंमै अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १२ : ४० बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको