२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

भरूवा बन्दुक र कालिजसहित पकाउ



बझाङ । बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–४ स्थित टीका सामुदायिक वनबाट मङ्गलबार राति ११ः३० बजे एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जङ्गली मरेको कालिज, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा गाउँपालिका–३ का ४३ वर्षीय गणेश खवास र सोही ठाउँ घर भएका ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीचौकी छबिसपाथीभेराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त हातहातियारसहित टीका सामुदायिक वन क्षेत्रभित्र फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ६ : ०४ बजे

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)

राष्ट्रियसभा बैठक आज, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको उत्तर दिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

नारायणगढ-बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै

मनसुन सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।