२० मंसिर २०८२, शनिबार | December 6, 2025

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : धनगढी फाइनलमा



भैरहवा । पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार भएको सेमिफाइनलमा धनगढी क्रिकेट एकेडेमीले ओसिस क्रिकेट एकेडेमीलाई ९७ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित ३५ ओभरमा ३२.१ ओभर खेल्दै सबै विकेट गुमाई १८२ रन बनायो । उसका लागि नरेन भट्टले सर्वाधिक ८६ र पुष्पराज उपाध्यायले ४३ रन बनाए । बलिङमा ओसिसका भार्गव खनालले ३ र निश्चल श्रेष्ठले २ विकेट लिए ।

जवाफी व्याटिङ गरेको ओसिस ३२.२ ओभरमा अलआउट हुँदै ८५ रनमै समेटियो । उसका लागि बबिन बोहराले १५ र रोहित शर्माले १३ रन बनाए । बलिङमा धनगढीका रजत राना र खगेन्द्र कुँवरले समान २÷२ तथा निरज ऐरले १ विकेट लिए । खेलमा नरेन भट्ट म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । यस्तै, उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ८ : १५ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय