१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

बाजुरा जिल्लाको दुर्गम जगन्नाथ गाँउपालिकामा ओपीडी सेवा सुचारु



बाजुरा । बाजुरा जिल्लाको पुर्विउत्तरी भेगमा रहेको अति दुर्गम जगन्नाथ गाउँपालिकामा बुधबार देखि ओपीडी सेवा सुचारु भएको छ । नेपाल सरकारको प्रत्येक स्थानिय तहमा अस्पताल संचालन गर्ने नीति अनुसार जग्गनाथ गाँउमा ओपीडी संचालनमा आएको हो ।

नेपाल सरकारको १० लाख र गाँउपालिकाले छ लाख लागतमा बुधवारबाट कोरोना अस्थायी अस्पताल सहित ओपीडी सेवा संचालनमा आएको हो । बुधबारबाट अस्थायी अस्पतालको ओपीडी सञ्चालन भएको गाँउपालिका अध्यक्ष काली बहादुर शाहीले बताए । ओपीडी सेवाको गाँउपालिका अध्यक्ष शाहीले एक कार्यक्रमका बीच उदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले जगन्नाथ गाउपालिकामा उपचार नपाएर विरामिको अकालमा ज्यान नजाने बताए ।

अस्पतालको उदघाट्न सगै डा.जस्मिता बलमपाकीले जगन्नाथ गाँउपालिका वडा नं ३ का ५७ बर्षिय कटक बहादुर शाही,रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नं ७ कि ५ बर्षिय मिना ज्ञवालीको चेकजाँच गरेर सेवा प्रारम्भ गरिएको जगन्नाथ गाउँपालिका रोजगार कार्यक्रम संयोजक लक्ष्मण जोसीले बताए ।

आगामी दिनमा गाँउपालिकाको केन्द्र जुड्डीमा नियमित ओपीडी, कोरोनाको चेकजाँच सेवा नियमित संचालन हुने डा. बलमपाकीले बताए ।

गाउँपालिकाले करारमा स्वास्थ्यकर्मीको पदपुर्ति र सेवा सुविधा सम्बन्धी कार्यविधि-२०७७ को अधिनमा रहि एक जना एमवीवीएस डाक्टर,दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी भर्ना गरि सेवा सुचारु गरिएको हो ।

अस्पतालको सेवाबाट जगन्नाथ गाँउपालिका,स्वामिकार्तिक खापर गाँउपालिका र छिमेकी जिल्ला कालीकोटका जनतालाई स्वास्थ्य सेवा सहज हुने छ । नेपाल सरकारले जगन्नाथ गाँउपालिकामा दश शैंयाको अस्पताल स्वीकृत गरिसकेको र भवन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १० : ३७ बजे

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

दमौली । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-९ डुमरियामा कृषि तथा जलवायु मौसम

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने