२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आज प्रचण्ड-नेपाल पक्षको बन्द, देशभरको जनजीवन प्रभावित, सुरक्षा व्यवस्था कडा



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षको आज नेपाल बन्दको आह्वान गरेको छ । संवैधानिक निकायमा सरकारले गरेका नियुक्तिको विरोधमा नेकपाले देशब्यापी आमहड्तालको आह्वान गरेको हो ।

बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । काठमाडौंका चक्रपथ क्षेत्रमा बिहानको समयमा सार्वजनिक यातायातका साधन केही चलेपनि भित्रि सडकहरुमा चलेका छैनन् । त्यस्तै बजार, शिक्षण, संस्था पसल व्यवसायलगायत ठप्पप्रायः छन् ।

तर, एम्बुलेन्स, दूध बोक्ने गाडी, प्रेस, शवबहान, परीक्षामा सहभागी हुने विद्यार्थीका सवारीसाधन निर्वाध रुपमा सञ्चालन भएका छन् ।

बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न चोकचोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने गृहमन्त्रालयले सुरक्षा व्यवस्था चुस्त पारिएको भन्दै आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न बुधबारनै विज्ञप्तिमार्फत आह्वान गरेको थियो ।

आजको बन्दमा देशभरका अस्पताल, एम्बुलेन्स, पत्रकार दुध, पानी, कुटनीतिक नियोग, प्रहरी र सेना बाहेक सबै यातायात र बजार पूर्ण रूपमा बन्द हुने नेकपाले जनाएको छ ।

त्यसैगरि परीक्षा दिने विद्यार्थी, प्रवेश पत्र लिएर जाने विद्यार्थीलाई सवारी साधन लियर जाँदा छुट दिने बन्दकर्ता बताएका छन् । काठमाडौंमा बिशेष गरेर नेकपाले शीर्ष नेताहरूकै नेतृत्वमा विभिन्न टोलीहरू खटाएको छ ।

नेकपाले कलङ्की चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल र सातदोबाटोमा देव गुरुङलाई कमान्डर तोकेको छ । त्यसैगरी पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लीलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपाल चोक महाराजगञ्जमा शक्ति बस्नेत, गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कमा प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जनार्दन शर्मालाई कमाण्डर तोकिएका छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ७ : १३ बजे

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ