२३ आश्विन २०८३, शुक्रबार | October 10, 2026

प्रचण्ड-नेपाल नेकपाको आम हड्तालले बुटवलको जनजीवन ठप्प (फोटो फिचर)



बुटवल । प्रचण्ड-नेपाल पक्षको नेकपाले आह्वान गरेको आम हडतालको लुम्बिनी प्रदेशको मुकाम राजधानी बुटवलमा पनि प्रभाव देखिएको छ । ओली पक्षको नेकपा बिष्णु पौडेलको गृहनगर भएका कारण बन्दको प्रभाव नपर्ने आँकलन गरिएपनि बुटवलमा बन्दको कडा प्रभाव परेको छ ।

बन्द प्रभावकारी बनाउन प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरूले मूख्य–मूख्य चोकमा झुण्ड बनाएर आवागमन रोकिरहेका छन् भने सानो सानो समूह बनाएर छुट्टाछुट्टै प्रदर्शन पनि गरिरहेका छन् । प्रदर्शनकारीले हातमा मुग्रो र लट्ठी बोकेर सरकार विरोधी नारा लगाएका छन् ।

प्रदर्शनकारीहरुले बुटवलको राजमार्ग चौराहा, मिलन चौक, नेपालगन्ज रोड लगायतमा बाटोमा गाडी टेर्साएर सडक अवरुद्ध पारेका छन् । आन्दोलनकारीले एम्बुलेन्स, परिक्षार्थी बोकेका सवारी, दुध बोक्ने गाडी तथा बिरामीहरु बोकेका सवारीहरू भने सोधपुछ गरेर छाडेका छन् ।

बुटवलका केहि स्थानमा टायर समेत बालिएको छ भने बुधबार गन्तब्यका लागि हिँडेका बसहरुलाई समेत गन्तब्य पुग्न नदिई सडकमा रोकिएको छ ।

आन्दोलनकारीहरुले प्रदर्शन गरिरहेकै बेला राजमार्ग चौराहामा एक्कासी नेपाली सेनाको बख्तरबन्द गाडी गुडेपछि प्रदर्शनकारीमा केहिबेर खैलाबैला मच्चिएको थियो । पूर्व सुचना बिना सेनाले बख्तरबन्द गाडी ब्यारेकबाट बाहिर निकालेपछ आन्दोलकारी बीच केहिबेर तनाव उत्पन्न भएको थियो ।

मुख्य सडकमा बन्दकर्ताहरुले कडाई गरेपनि बुटवलका भित्रि सडकहरु भने सञ्चालनमा छन् । पसलहरु पनि आँसिकरुपमा खुलेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ११ : ३७ बजे

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट