१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

प्रचण्ड-नेपाल नेकपाको आम हड्तालले बुटवलको जनजीवन ठप्प (फोटो फिचर)



बुटवल । प्रचण्ड-नेपाल पक्षको नेकपाले आह्वान गरेको आम हडतालको लुम्बिनी प्रदेशको मुकाम राजधानी बुटवलमा पनि प्रभाव देखिएको छ । ओली पक्षको नेकपा बिष्णु पौडेलको गृहनगर भएका कारण बन्दको प्रभाव नपर्ने आँकलन गरिएपनि बुटवलमा बन्दको कडा प्रभाव परेको छ ।

बन्द प्रभावकारी बनाउन प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरूले मूख्य–मूख्य चोकमा झुण्ड बनाएर आवागमन रोकिरहेका छन् भने सानो सानो समूह बनाएर छुट्टाछुट्टै प्रदर्शन पनि गरिरहेका छन् । प्रदर्शनकारीले हातमा मुग्रो र लट्ठी बोकेर सरकार विरोधी नारा लगाएका छन् ।

प्रदर्शनकारीहरुले बुटवलको राजमार्ग चौराहा, मिलन चौक, नेपालगन्ज रोड लगायतमा बाटोमा गाडी टेर्साएर सडक अवरुद्ध पारेका छन् । आन्दोलनकारीले एम्बुलेन्स, परिक्षार्थी बोकेका सवारी, दुध बोक्ने गाडी तथा बिरामीहरु बोकेका सवारीहरू भने सोधपुछ गरेर छाडेका छन् ।

बुटवलका केहि स्थानमा टायर समेत बालिएको छ भने बुधबार गन्तब्यका लागि हिँडेका बसहरुलाई समेत गन्तब्य पुग्न नदिई सडकमा रोकिएको छ ।

आन्दोलनकारीहरुले प्रदर्शन गरिरहेकै बेला राजमार्ग चौराहामा एक्कासी नेपाली सेनाको बख्तरबन्द गाडी गुडेपछि प्रदर्शनकारीमा केहिबेर खैलाबैला मच्चिएको थियो । पूर्व सुचना बिना सेनाले बख्तरबन्द गाडी ब्यारेकबाट बाहिर निकालेपछ आन्दोलकारी बीच केहिबेर तनाव उत्पन्न भएको थियो ।

मुख्य सडकमा बन्दकर्ताहरुले कडाई गरेपनि बुटवलका भित्रि सडकहरु भने सञ्चालनमा छन् । पसलहरु पनि आँसिकरुपमा खुलेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ११ : ३७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग