३ भदौ २०८३, बुधबार | August 19, 2026

जनकपुरमा प्रहरीको कुटाईबाट गम्भीर घाइते रामचन्द्र झासहित चार जनालाई काठमाडौं ल्याइयो



काठमाडौं । जनकपुरमा प्रहरीको कुटाईबाट गम्भीर घाइते भएका प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता रामचन्द्र झासहित चार जना प्रदर्शनकारीलाई काठमाडौं ल्याइएको छ ।

आम हड्ताल सफल बनाउने क्रममा प्रदर्शनमा उत्रिएका नेता रामचन्द्र झासहितको प्रदर्शनकारी र प्रहरीबीच जनकपुरको शिव चोकमा झडप भएको थियो । प्रहरीको लाठी प्रहारबाट टाउकोमा चोट लागेका झाको प्रादेशिक अस्पतालमा उपचार भएको थियो । तर, टाउकोमा गम्भीर चोट लागेका झाको अत्यधिक रक्तश्राव भैरहेपछि जटिल अवस्था हुनसक्ने भएकाले काठमाडौं रिफर गरिएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।

झडपमा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव, शहीद नगरपालिकाका मेयर उदय बरबरिया र प्रदिप साहलाई पनि झासँगै काठमाडौं रिफर गरिएको छ । पूर्वमन्त्री यादवलाई तिघ्रामा अश्रुग्याँसको सेल लागेर चोट लागेको थियो ।

जनकपुरबाट बुद्ध एयरको विमानबाट चारै जनालाई उपचारका लागि काठमाडौं पठाइएको नेकपाले जनाएको छ ।

जनकपुरको शिव चोकमा बिहीबार दिउँसो प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यसक्रममा प्रदर्शनकारीले ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडी र ना १ क ५१२ नम्बरको प्रहरीको भ्यानमा तोडफोड गरेका थिए ।

झडपलाई नियन्त्रणमा लिन पनि प्रहरीले लाठीचार्ज र केही सेल अश्रु‌ ग्याँस र दर्जन राउण्ड हवाई फायर प्रहार गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ५ : ५७ बजे

एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ?

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको बेला

चार महिनामा ११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ

गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा

गण्डकी । भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक

बागमतीमा राप्रपाको समर्थन पाएपछि मुख्यमन्त्रीमा किरण थापामगरको दाबी

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापामगरले दाबी