२९ मंसिर २०८२, सोमबार | December 16, 2025

रुपन्देहीमा ५ हजार ५ सय ६ जनाले लगाए कोरोना विरुद्धको खोप, खोप लगाउने म्याद १ दिन बाँकी



बुटवल । रुपन्देहीमा आज मध्यान्ह सम्ममा ५ हजार ५ सय ६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारको पहिलो चरण अन्तर्गतको अग्रपङ्तीका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, कैदीबन्दी, जेष्ठ नागरिक तथा जोखिमपूर्ण श्रमिकहरुका लागि खोप लगाउने अभियानमा ४ हजार ५ सय ६ जनाले खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार रुपन्देहीमा स्थानीय तहका सरसफाईकर्मी २९ जना, एम्बुलेन्स चालक २९ जना, सामूदायिक महिला स्वास्थ्य स्वयमसेविका ९ सय ३ जनाले खोप लगाएका छन् ।

त्यसैगरि रुपन्देहीमा ३ हजार ५ सय १४ जना स्वास्थ्यकर्मी, ६ सय २ जना स्वास्थ्य तर्फका प्रशासनिक तथा सहायक कर्मचारीहरु, १९ जना बृद्धआश्रममा रहेका जेष्ठ नागरिकले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्लामा अन्य सेवा प्रदायकहरु ८२ जना, कैदीबन्दी ३०८ जना र शव ब्यवस्थापनमा खटिएका नेपाली सेनाका २० जनाले पनि कोरोना विरुद्धको खोप लगाएका छन् ।

भारतले अनुदानका रुपमा उपलब्ध गराएको १० लाख डोज खोप गत १४ गतेदेखि पहिलो चरण अन्तर्गत लगाउन शुरु गरिएको थियो । सरकारको पहिलो चरणको कार्यक्रम शुक्रबार सकिंदै छ । खोप लगाउन बाँकी रहेका सरोकारवालालाई शुक्रबार सम्ममा सम्पर्कमा आउन स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ४ : १९ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको