७ चैत्र २०८२, शनिबार | March 21, 2026

संवैधानिक निकायमा नियुक्ति विरुद्ध राष्ट्रपति कार्यालयसम्म नागरिक अगुवाको मार्चपास



काठमाडौं । प्रतिगमन विरुद्ध सडकमा उत्रिएका नागरिक आन्दोलनकारीले राष्ट्रपति कार्यालयअगाडि मार्चपास गरेको छ ।

बृहत् नागरिक आन्दोलनको अगुवाईमा शुक्रबार बिहान लैनचौरस्थित पद्मरत्न तुलाधरको निवासदेखि देखि राष्ट्रपति कार्यालय शितल निवास नजिकैसम्म मार्चपास गरिएको हो ।

संवैधानिक आयोगमा असंवैधानिक नियुक्ति गरिएको, असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरिएको विरोधमा नागरिक अगुवाहरुले मार्चपास गरेका हुन् ।

प्रदर्शनकारी नागरिक अगुवाहरुले असंवैधानिक नियुक्तीहरु खारेज गर्न माग गरेका छन्। सहभागीहरुले ‘सत्ता कब्जा मुर्दावाद, राष्ट्रपति ज्यू संविधान कहाँ छ ?, सर्वसत्तावाद मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

सत्तापक्षीय नेकपाले पूर्वराजाको दरबार नारायणहिटी दरबार अगाडि शक्ति प्रदर्शन गर्नु केही घण्टाअघि नागरिक अगुवाहरुले राष्ट्रपति कार्यालय अगाडि मार्चपास गरेर प्रतिगमन विरुद्ध नागरिक असन्तुष्टि जनाएका हुन् । मार्चपासलाई प्रहरीले महाराजगन्ज पानीपोखरीबाट अगाडि बढ्न नदिएपछि सहभागीहरुले त्यहीँ सभा गरेका छन् ।

मार्चपासमा नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, नारायण वाग्ले, प्राध्यापक कृष्ण खनाल, युग पाठक, सञ्जीव उप्रेतीलगायत सहभागी छन् ।

बृहत् नागरिक आन्दोलनका अगुवाहरुले राष्ट्रपतिले सरकारका सबै असंवैधानिक कामलाई ल्याप्चे लगाएर पूर्व राजाहरुले जस्तै प्रतिगमनकारी काम गरेको आरोप लगाएका छन् ।

संसदीय सुनुवाई विना संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्नु असंवैधानिक काम भएको उनीहरुको आरोप छ । बुधबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगका प्रमुख एवं पदाधिकारीहरुको नियुक्तिलाई सदर गरेकी थिइन ।

 

 

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ८ : ५३ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका