२९ मंसिर २०८२, सोमबार | December 16, 2025

संवैधानिक निकायमा नियुक्ति विरुद्ध राष्ट्रपति कार्यालयसम्म नागरिक अगुवाको मार्चपास



काठमाडौं । प्रतिगमन विरुद्ध सडकमा उत्रिएका नागरिक आन्दोलनकारीले राष्ट्रपति कार्यालयअगाडि मार्चपास गरेको छ ।

बृहत् नागरिक आन्दोलनको अगुवाईमा शुक्रबार बिहान लैनचौरस्थित पद्मरत्न तुलाधरको निवासदेखि देखि राष्ट्रपति कार्यालय शितल निवास नजिकैसम्म मार्चपास गरिएको हो ।

संवैधानिक आयोगमा असंवैधानिक नियुक्ति गरिएको, असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरिएको विरोधमा नागरिक अगुवाहरुले मार्चपास गरेका हुन् ।

प्रदर्शनकारी नागरिक अगुवाहरुले असंवैधानिक नियुक्तीहरु खारेज गर्न माग गरेका छन्। सहभागीहरुले ‘सत्ता कब्जा मुर्दावाद, राष्ट्रपति ज्यू संविधान कहाँ छ ?, सर्वसत्तावाद मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

सत्तापक्षीय नेकपाले पूर्वराजाको दरबार नारायणहिटी दरबार अगाडि शक्ति प्रदर्शन गर्नु केही घण्टाअघि नागरिक अगुवाहरुले राष्ट्रपति कार्यालय अगाडि मार्चपास गरेर प्रतिगमन विरुद्ध नागरिक असन्तुष्टि जनाएका हुन् । मार्चपासलाई प्रहरीले महाराजगन्ज पानीपोखरीबाट अगाडि बढ्न नदिएपछि सहभागीहरुले त्यहीँ सभा गरेका छन् ।

मार्चपासमा नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, नारायण वाग्ले, प्राध्यापक कृष्ण खनाल, युग पाठक, सञ्जीव उप्रेतीलगायत सहभागी छन् ।

बृहत् नागरिक आन्दोलनका अगुवाहरुले राष्ट्रपतिले सरकारका सबै असंवैधानिक कामलाई ल्याप्चे लगाएर पूर्व राजाहरुले जस्तै प्रतिगमनकारी काम गरेको आरोप लगाएका छन् ।

संसदीय सुनुवाई विना संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्नु असंवैधानिक काम भएको उनीहरुको आरोप छ । बुधबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगका प्रमुख एवं पदाधिकारीहरुको नियुक्तिलाई सदर गरेकी थिइन ।

 

 

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ८ : ५३ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको